5 years ago
January 30, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी गोलकिपर प्रशिक्षक अस्मिता खवास अर्को महिना विवाह बन्धनमा बाँधिने भएकी छिन् । राष्ट्रिय टोली एवंम् नेपाल एपिएफ क्लबकी पूर्व गोलकिपर समेत रहेकी अस्मिताले बुधबार झापा धुलाबारीस्थित आफ्नो निवासमा सर्लाहीका सरोज भुजेलसँग इन्गेजमेन्ट गरेकी हुन् ।
अस्मिताका अनुसार विवाह फागुन १९ गते झापाबाट हुने तयारी भइरहेको छ । दुई महिना अघि सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले रजत पदक जित्दा उनी टोलीको गोलकिपर प्रशिक्षक थिइन् ।
कात्तिकमा उनले एएफसी गोलकिपिङ लेभल वान सर्टिफिकेट कोचिङ कोर्ष उत्तिर्ण गरेकी थिइन् ।
अस्मिताले झापामा सनसाइन वमन्स फुटबल क्लब पनि सञ्चालन गर्दै आइरहेकी छिन् । स्थानिय छात्रालाई उनले प्रशिक्षण दिदै आइरहेकी थिइन् ।
२ वर्षअघि सनसाइनले महिला फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो । उमूह समूह र राष्ट्रिय टोलीको प्रशिक्षण टोलीमा रहेका कारण स्थानिय खेलाडीको प्रशिक्षणमा असर गरेको र प्रतियोगिता आयोजनाका लागि पनि समय नमिलेको उनले बताइन् ।
अष्मिताले झन्डै एक दशक राष्ट्रिय टोली र ४ वर्ष एपिएफमा बिताइएकी थिइन् । नेपालले सन् २०१० को ११ औं सागमा रजत पदक जित्दा उनी पनि टोलीका सदस्य थिइन् ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]