default_image

4 years ago

January 30, 2020

अनिता सम्मिलित सेथुको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली र एपिएफकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले भारतीय (आई) लिगमा दोस्रो जित हासिल गरेको छ ।   साविक विजेता समेत रहेको सेथुले बिहीबार बिबिके डिएभीलाई ९–० को फराकिलो अन्तरले हराएको थियो । ३ खेलमा यो सेथुको दोस्रो जित हो । दोस्रो खेलमा भने टोली पराजित भएको थियो […]

33 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला फुटबल टोली र एपिएफकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले भारतीय (आई) लिगमा दोस्रो जित हासिल गरेको छ ।

 

साविक विजेता समेत रहेको सेथुले बिहीबार बिबिके डिएभीलाई ९–० को फराकिलो अन्तरले हराएको थियो । ३ खेलमा यो सेथुको दोस्रो जित हो । दोस्रो खेलमा भने टोली पराजित भएको थियो । पहिलो खेलमा कोल्हापुर सिटीलाई ५–० ले हराएको सेथु अर्को खेलमा क्रिप्सा एफसीसँग २–० ले पराजित भएको थियो ।

अनिता बिहीबारको खेलमा पहिलो रोजाईमा परेकी थिइन् । सेथुमा यो उनको दोस्रो सिजन हो । गत सिजन अनितासँगै राष्ट्रिय टोली एवंम् एपिएफकी फरवार्ड सावित्रा भण्डारीले पनि सोही क्लबबाट खेलेकी थिइन् । सावित्रा यो सिजन गोकुलम केरेला एफसीमा आबद्ध भइकी थिइन् । गोकुलमलले खेलको दुवै खेलमा जित हासिल गरेको थियो ।

फागुन २ गते सम्म चल्ने आइ लिगमा गत वर्ष जस्तै १२ टोलीको सहभातिगा रहनेछ । सहभागी टोलीलाई २ समूहमा विभाजन गरि राउन्ड रोविन लिग र त्यसमा शीर्ष २ मा पर्ने टोली सेमिफाइनलमा पुग्नेछन् ।

आई लिगको यो चौथो संस्करणको समूह एमा बारोडा फुटबल एकेडेमी, बिबिके एफसी, एफसी कोहलपुर सिटी, किक स्ट्राट एफसी र साविक विजेता सेथु छन् । बैंगलोर युनाइटेड एफसी, विदेश ११ एफसी, ओडिसा पुलिस एफसी, केन्क्रे एफसी, श्री भूमि एफसी तथा गोकुलम छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.