default_image

4 years ago

February 1, 2020

मछिन्द्रलाई एपिएफको चुनौती, थ्री स्टार र सरस्वती भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल एपिएफ क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुँदैछ ।

शीर्षस्थानमा एक अंकले पछि रहेको मछिन्द्र एपिएफलाई पराजित गर्दै शीर्षस्थानमा उक्लदै उपाधि दावेदारितालाई बलियो बनाउन चाहन्छ । एपिएफ रेलिगसन जोन छाड्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन तथा एपिएफलाई रेलिगेसन जोन छाड्ने दवाव छ । दुवै टोली यो दवावलाई मुक्त पार्दै ३ अंकको खोजीमा मैदानमा उत्रनेछन् ।

अन्तिम खेलमा थ्री स्टारलाई २–० ले पराजित गरेको मछिन्द्र सोही प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । केही स्टार खेलाडीले क्लब छाड्नु र केही खेलाडी चोटसँग जुध्नु मछिन्द्रलाई समस्या हुन सक्नेछ । लिगमा १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ ।

यता, एपीएफ पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट बच्न चाहन्छ । मछिन्द्रका केही खेलाडी चोटसँग जुधिरहेको र केही खेलाडी टोलीमा नरहेको फाइदा एपिएफ उठाउन चहान्छ । ५ अंक जोडेको एपीएफ पुछारबाट तालिकाको दोस्रो स्थानमा रहेको छ ।

त्यसअघि मध्यान्ह १२ बजे थ्री स्टार र सरस्वतीबीच प्रतिस्पर्धा हुँदैछ । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ । उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार सरस्वतीलाई हराउँदै शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ । पाँचौ स्थानमा रहेको थ्री स्टारको १४ अंक छ ।

सरस्वती ४ अंकसहित पुछारमा छ । यता, सरस्वती पनि थ्री स्टारलाई हराउँदै रेलिगेसन क्षेत्रबाट माथि उक्लिन चाहन्छ । सरस्वती लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.