5 years ago
February 2, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिएमजी क्लब भारतको गुहावाटीमा जारी छैटौं भेट्रान्स अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनमा दिल्ली भेट्रान्स टिमलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजत गर्दै सिएमजीले फाइनलमा स्थान बनाएको हो ।
पेनाल्टीमा सन्तोष बस्नेत, भुपेन्द्र लिम्बु, नरेश श्रेष्ठ र नगेन्द्र लिम्बुले गोल गरे । त्यसअघि सिएमजी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । लिग चरणको पहिलो खेलमा सिएमजी भेट्रान्स टोली कोलकातासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
दोस्रो खेलमा गुहावटीलाई ४–० ले पराजित गरेको थियो । गुहावटीविरुद्ध नगेन्द्र लिम्बुले दुई तथा जिवेश पाण्डे र नरेश श्रेष्ठले गोल गरेका थिए । लिगको तेस्रो खेलमा सिएमजीले भारतीय लेजेन्ड भाइचुङ भुटियासम्मिलित सिक्किम युनाइटेडलाई २–१ ले पराजित गरेको थियो । दुवै गोल नगेन्द्र लिम्बुले गरेका थिए ।
१८ खेलाडी र २ अफिसियलसहितको टोली बुधबार गुहावटी प्रस्थान गरेको थियो । नेपाली टोलीको कप्तानी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बालगोपाल महर्जनले गरेका छन् । टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठलगायतका खेलाडी रहेका छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) को सहायक प्रशिक्षकका रुपमा रहेका पूर्व राष्ट्रिय खेलाडी राजेश मानन्धर प्रशिक्षक र फुटबल प्रशिक्षक जयकृष्ण श्रेष्ठ टोलीको व्यवस्थापक रहेका छन् । च्याम्पियनसिपमा १२ टोलीको सहभातिगा रहेको छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]