default_image

4 years ago

February 4, 2020

एनआरटीमाथि फ्रेन्ड्सको जित

काठमाडौं (हाम्रो खेलकुद) – एनआइबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष छैटौं मा पर्ने योजनालाई बलियो पार्ने क्रममा मंगलबार न्युरोड टिम (एनआरटी) माथि जित हासिल गरेको छ । १० औं चरणेको अन्तिम खेलको अन्त्य तिर गोल गर्दै फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सन्जोग महर्जनको गोलबाट […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनआइबिएल फ्रेन्ड्स क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष छैटौं मा पर्ने योजनालाई बलियो पार्ने क्रममा मंगलबार न्युरोड टिम (एनआरटी) माथि जित हासिल गरेको छ ।

१० औं चरणेको अन्तिम खेलको अन्त्य तिर गोल गर्दै फ्रेन्ड्सले एनआरटीलाई २–० ले हराएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सन्जोग महर्जनको गोलबाट फ्रेन्ड्सले ७८ औं मिनेटमा अग्रता लिएको थियो ।

साउलो डि अक्विनोको लामो पासमा नवीन गुरुङले राम्ररी क्लियर गर्न नसकेको बललाई दिएको ब्याक पासमा सन्जोगले गरेको प्रहार गोलमा परिणत भएको थियो ।८० औं मिनेटमा वाग्नर डि कार्मोले गोल गर्दै फ्रेन्ड्सको अग्रता दोब्बर पारे । कार्मोले एकल प्रयासमा गरेको प्रहार गोलरक्षक अजित प्रजापतिलाई लाग्दै गोलमा परिणत भएको थियो ।

खेलमा फ्रेन्ड्सले थप गोलको अवसर भने सदुपयोग गर्न सकेन । १५औं मिनेटमा जोर्डन ओओनाको पासमा जुनियर निकेङ्गेको प्रहार पोस्टबाट थोरै बाहिरियो । ५० औं मिनेटमा वाग्नर डि कार्मोको प्रहार पोस्टबाट थोरै बाहरियो ।

लगत्तै वाग्नरको वासमा फिलिपे डि सोउजाको प्रहार पोलमा लाग्दै बाहिरियो । ६०औं मिनेटमा दुई ब्राजिलीको तालमेलमा वाग्नरले गोल गर्ने सुन्दर मौका खेर फाले । फिलिपेको पासमा वाग्नरको प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले मुस्किलले नियन्त्रणमा लिए ।

जितपछि १४ अंक पुगेको फ्रेन्ड्स च्यासल युथ क्लबलाई पछि पार्दै नवौं स्थानमा उक्लेको छ । आठौं स्थानको नेपाल पुलिस क्लबको पनि समान १४ अंक नै छ । एनआरटी १५ अंकसहित सातौं स्थानमा छ । लिगमा बुधबार विश्राम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । ११ औं चरणका खेल बिहीबार सुरु हुनेछ ।

April 16, 2024

आरसी ३२ को तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– आरसी–३२ ले सहिद स्मारक लिग ‘सी’ डिभिजनमा लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोको एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आरसीले महावीरलाई १–० ले हरायो । अर्को खेलमा बागमती युवा क्लबले सामाजिक युवा क्लबलाई २–० ले पराजित गरेको छ । विवेक राईले २८ औं मिनेटमा गरेको गोल आरसी ३२ का […]

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

Success

Thank you for your time.