default_image

4 years ago

February 5, 2020

तिलोत्तमा गोल्डकप फागुनमा, विजेताले १० लाख ५० पाउने

दिपक न्यौपाने, बुटवल मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकपको फागुन ८ गते सुरु हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घ बहादुर (कुमार) केसीले जानकारी दिए । एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० […]

87 views

0 Bookmark

दिपक न्यौपाने, बुटवल

मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकपको फागुन ८ गते सुरु हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घ बहादुर (कुमार) केसीले जानकारी दिए ।

एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सघंले प्रत्येक बर्ष पुरस्कार राशीमा बृद्धि गर्दै आएको छ । गतबर्षको विजेताले ८ लाख ८८ हजा रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटर साइकल तथा विधागत उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको तयारी अघि बढिरहेको एन्फा रुपन्देहीका निर्देशक बुद्धि गुरुङले बताए । प्रतियोगितामा विदेशी क्लब, ए डिभिजन क्लब, आयोजक र अन्य जिल्लाका केहि क्लबको सहभागिता रहने बताइएको छ । २०३१ सालमा स्थापना भएर २०३३ सालबाट शुरु भएको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता घरेलु फुटबलको पुरानो गोल्डकप मध्येको एक हो ।

तिलोत्तमा अखिल नेपाल फुटबल सघं (एन्फा) ले क श्रेणी प्राप्त प्रतियोगिता हो । तिलोत्तमा बुटवल मात्र होइन प्रदेशकै गौरवको बिषय भएकाले सबैको सहयोग अपरिहार्य रहेको एन्फाका केन्द्रिय सदस्य समेत रहेका आयोजक समितिका संयोजक केसीले बताए । संक्षकत्व प्रदान गरेको बुटबल उप महानगरपालिकाले ८ लाख रुपैयाँ मात्र विनियोजना गर्नु दुःखद भएको बताएका छन् । प्रतियोगितामाभ झन्डै १ करोड खर्च हुने अनुमान गरिएको छ ।

तिलोत्तमा गोल्डकपकाका हालसम्मका विजेता

संस्करण            विजेता टोली                                     वर्ष

पहिलो            सिद्धार्थ खेलकुद परिषद्, रुपन्देही            २०३३

दोस्रो              बम्बइ फर्टिलाइजर, मुम्बई, भारत              ०३४

तेस्रो              महेन्द्र पुलिस क्बल, काठमाडौं                  २०३५

चौथो             कालिका स्पोर्टिङ क्लब, बुटवल                २०३९

पाचौ              कालिका स्पोर्टिङ क्लब, बुटवल                २०४०

छैठौ              कालिका स्पोर्टिङ क्लब, बुटवल                २०४१

सातौ              जनकपुर चुरोट कारखाना, जनकपुर         २०४२

आठौ              आर.एन.ए.सी. ,काठमाडौं                        २०४३

नबौ                  महेन्द्र पुलिस क्लब ,काठमाडौं                २०५१

दशौ                 महेन्द्र पुलिस क्लब,काठमाडौं                  २०५२

एघारौ               महिन्द्रा एण्ड महिन्द्रा, मुम्बई, भारत         २०५३

बाहौ                त्रिभुवन आर्मी क्लब,काठमाडौं                 २०५४

तेहौ                  महेन्द्र पुलिस क्लब,काठमाडौं                  २०५५

चौधौ                रुपन्देही ११, रुपन्देही                               २०५७

पन्ध्रौं                 फ्रेन्ड्स क्लब,काठमाडौं                           २०५८

सोह्रौं                 त्रिभुवन आर्मी क्लब,काठमाडौं                २०६५

सत्रौ                   जावलाखेल युथ क्लब,काठमाडौं             २०६७

अठारौ              रुपन्देही ११, रुपन्देही                             २०७१

उन्नाइसौ            संकटा क्लब, काठमाडौं                        २०७३

बिसौ                  थ्री स्टार क्लब,काठमाडौं                      २०७४

एक्काइसौ          डाफिन्स, क्यामरुन                              २०७५

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.