6 years ago
February 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

नौं महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।
मंसिर १५ देखि २४ गते सम्म आयोजना भएको १३ औं सागमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । महिलतर्फ भने नेपाली टोली भारतसँग पराजित भएको थियो । सरकारले भने स्वर्ण पदक जित्ने फुटबल टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ दिने यसअघि नै घोषणा गरिसकेको छ ।
एन्फाले सहिद स्मारक बी र सी डिभजिन लिगको लागि तयारी र पुरस्कार राशीको पनि तय गरेको छ । बी डिभिजन टोलीलाई लिगको तयारीका लागि हरेक क्लबलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको एन्फाले विजेतालाई १५ लाख दोस्रोलाई ८, तेस्रोलाई ५ र चौथोलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]