default_image

4 years ago

February 13, 2020

नेपोलीसँग इन्टरको हार

एजेन्सी – स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।  यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ । […]

25 views

0 Bookmark

एजेन्सी – स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो । 

यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ । इन्टरलाई भने फाइनल पुग्न कम्तीमा पनि २–० को जित आवश्यक छ ।

प्रतिस्पर्धात्मक खेलको २८औं मिनेटमा क्रिस्टियानो भिरागीका फ्रिकिक क्रसबारबाट थोरै बाहिरिदा घरेलु टोली अग्रता लिनबाट चुक्यो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा ड्रिएस मेर्टिन्सको टाइट एंगलबाटर गरेको प्रहारलाई इन्टरका गोलरक्षक ड्यानिले पाडेलीले मुस्किले बचाउदा नेपोली अग्रता लिनबाट चुकेको थियो ।

५०औं मिनेटमा इन्टरका रोमेलु लुकाकुले गोल गर्न सकेन । ५७औं मिनेटमा फावियन रुइजले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । जियोभानी डि लोरेन्जोको पासमा रुइजले गोल गर्न सफल भएका थिए ।

६७औं मिनेटमा फ्रिकिकमा लुकाकुको हेडर सदुपयोग हुन सकेन । ७२औं मिनेटमा त्रिस्टियन इरिक्सनको २० यार्डको प्रहार बाहिरियो । ८६औं मिनेटमा लोउटारो मार्टिनेजको प्रहार प्रहार गोलरक्षक डेभिड ओस्पिनाले बचाए । रिवाउन्डमा इरिक्सनको प्रहार बाहिरिदा इन्टर मिलान बराबरीबाट चुक्यो ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा ड्यानिलो डि एम्ब्रोसियाको प्रहारलाई बचाउदै सम्भावित बराबरी टारे । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली १–० ले विजयी हुन सफल भयो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.