5 years ago
February 13, 2020
काठमाडौं(हाम्रो खेलकुद) – संकटा क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा विहीबार रेलिगेसनमा परिसकेको सरस्वती युथ क्लबमाथि आधा दर्जन गोल गरेको छ ।
बिहीबार संकटाले पुछारमा रहेको सरस्वतीलाई ६-२ गोल अन्तरले पराजित गरेको हो । खेलको पहिलो मिनेटमा सरस्वतीका मनिष थापाले एकल प्रयासमा गरेको प्रहार संकटाका गोलरक्षक रोहित कार्कीले बचाए । पाँचौ मिनेटमा मासोउके इटिग्ने मारीले गोल गर्दै संकटालाई अघि बढाए । मासोउकेको पेनाल्टी बक्स बाहिरको सशक्त प्रहार सिधै गोलमा परिणत हुदा सरस्वतीका गोलरक्षक प्रदिप भण्डारीले रोक्ने कुनै मौका नै पाएन ।
२६ औं मिनेटमा संकटाका मासाउकेको प्रहारलाई गोलरक्षक प्रदिप भण्डारीले बचाए । ३२ औं मासोउकेको प्रहारलाई गोलरक्षक प्रदिपले बचाए । लगत्तै ३३ औं मिनेटमा सुवास गुरुङको पासमा मासोउकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । ३६ औं मिनेटमा दिपेश आलेमगरको प्रहार पोलमा लागेर फर्कियो । ३८ औं मिनेटमा सुवास गुरुङले गोल गर्दै संकटालाई खेलमा ३-० ले अघि बढाए ।
५६ औं मिनेटमा टिकाराज गुरुङले गोल गर्दै संकटालाई ४-० ले अघि बढाए । ६५ औं मिनेटमा पुर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरेपछि संकटाले खलमा ५-१ को अग्रता बनायो ।
६७ औं मिनेटमा काजिम बुसारीले गोल गर्दै खेललाई ५-१ को अवस्थामा ल्याए । विशाल शाहीले पेनाल्टी बक्समा दिपक गुप्तामाथि खराव ट्याकल गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । ७९ औं मिनेटमा काजिम बुसारीले पेनाल्टीमा गोल गर्दै खेललाई ५-२ को अवस्थामा ल्याए । ८३ औं मिनेटमा रोशन पहरीले गोल गर्दै संकटालाई ६-२ फराकिलो अग्रता दिलाए ।
योसँगै संकटा १३ खेलमा १८ अंकका साथ सातौं स्थानमा रहेको छ । सरस्वती १३ खेलमा मात्र १ जित र १ हारसहित ४ अंकका साथ पुछारमा रहँदै लिग अन्त्य गर्यो ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]