default_image

4 years ago

February 13, 2020

खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप २०७६ को खेल तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम खप्तड गोल्ड फागुन ९ देखि २० सम्म धनगढीमा रंगशालामा हुनेछ । उद्घाटन खेलमा फागनु ९ गते बाग्मती क्लब र कञ्चनजन्घा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि नेपाल आईस […]

21 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप २०७६ को खेल तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम खप्तड गोल्ड फागुन ९ देखि २० सम्म धनगढीमा रंगशालामा हुनेछ ।

उद्घाटन खेलमा फागनु ९ गते बाग्मती क्लब र कञ्चनजन्घा फुटबल क्लब इन्डियाबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि नेपाल आईस सुदूरपश्चिम-११ सँग प्रतिस्पर्धा गर्ने छ । जुन खेल फागुन १३ मा हुने छ । फागुन १० मा नेपाल एपिएफ काठमाडौं र एनआरटी क्लबबीच प्रतिस्पर्धा हुने छ । विजेताले फागुन १५ मा सेमिफाइनल प्रवेशको लागि नेपाल पुलिस क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ ।

फागुन ११ मा नव जन जागृती क्लब सिमरा र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि फागुन १४ मा रुस्लान थ्रि स्टार क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्ने छ । फागुन १२ मा गोर्खा ब्वाइज रुपन्देही र कोबा फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । जसको विजेताले सेमिफाइनल प्रवेशको लागि सिएमजि संकटा काठमाडौंसँग फागुन १६ मा प्रतिस्पर्धा गर्ने छ ।

पहिलो सेमिफाइनल फागुन १७ र दोस्रो १८ गते हुने छ । फाइनल फागुन २० मा हुने छ । गत संस्करणमा रुस्लन थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.