default_image

4 years ago

February 14, 2020

पर्सिजाको जितमा रोहितको गोल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले बिहीबार पर्सिजा जकार्ताका लागि गोल गरेका छन् । जकार्ताले मलेसियाली क्लब सबाह एफए माथि २-० को जित निकाल्दा रोहितले टोलीका लागि दोस्रो गोल गरे । पर्सिजाले प्रिसिजन अन्तर्गत इस्ट जाभा गभर्नर्स गोल्डकपमा सहभागिता जनाइरहेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पर्सिजाका लागि फरवार्ड मारको […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्दले बिहीबार पर्सिजा जकार्ताका लागि गोल गरेका छन् । जकार्ताले मलेसियाली क्लब सबाह एफए माथि २-० को जित निकाल्दा रोहितले टोलीका लागि दोस्रो गोल गरे ।

पर्सिजाले प्रिसिजन अन्तर्गत इस्ट जाभा गभर्नर्स गोल्डकपमा सहभागिता जनाइरहेको छ । लगातार दोस्रो जित दर्ता गर्ने क्रममा पर्सिजाका लागि फरवार्ड मारको सिमिच र रोहितले १-१ गोल गरे । यसअघि समूह चरणको पहिलो खेलमा पर्सिजाले पर्सेला लामोंगानलाई ४-१ ले पराजित गरेको छ ।

पर्सिजाको २ खेलमा ६ अंक छ । अब समूहको अत्निम खेलमा पर्सिजाले समान ६ अंक बोकेको अरिमा एफसीसंग प्रतिस्पर्धा गर्नेछ । यस खेलमा विजयी भएको खण्डमा टोली समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । अरिमाविरुद्धको खेल शनिबार हुने कार्यक्रम रहेको छ ।

सन् २०१३ मा रोहित पहिलो पटक पर्सिजामा आबद्ध भएका थिए । पछि २०१५ मा मलेसियाका सुपर लिग टोलीमा आबद्ध हुँदा उनको घुँडामा चोट लागेको थियो । त्यसपछि भने उनी झन्डै एक वर्ष भन्दा लामो समय मैदान बाहिर बस्नु परेको थियो ।

चोट मुक्त भएर २०१७ मा पुनः उनी पर्सिजामा आबद्ध भएका थिए । दुई वर्षअघि पर्सिजालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले यसै सिजनको सुरुवातमा क्लबसँग २ वर्षको लागि सम्झौता नवीकरण गरिसकेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.