default_image

4 years ago

February 14, 2020

एनआरटीमाथि शेर्पाको जित

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम(एनआरटी) लाई २-१ गोल अन्तरले पराजित गरेको छ । ३१ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा पेनाल्टी बक्सबाहिरबाट गोल गर्न सफल भएका थिए । ४१ औं मिनेटमा हिमालय शेर्पाका […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम(एनआरटी) लाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

३१ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा पेनाल्टी बक्सबाहिरबाट गोल गर्न सफल भएका थिए । ४१ औं मिनेटमा हिमालय शेर्पाका स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २-१ को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा २-१ ले बिजयी भएको हो । योसँगै हिमालयन शेर्पा १३ खेलमा १४ अंकका साथ १० औं स्थानमा उक्लिएको छ । एनआरटी १३ खेलमा १५ अंकका साथ नवौं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.