default_image

4 years ago

February 15, 2020

हालान्ड र सान्चोको गोलमा डर्टमन्डको सानदार जित

एजेन्सी – युवा खेलाडीद्वय एर्लिङ हालान्ड र जेडन सान्चोले गोल गरेसँगै बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । घरेलु टोली डर्टमन्डले फ्रान्कफर्टमाथि ४–० को सानदार जित निकालेको हो ।  डर्टमन्डको फराकिलो जितमा हालान्ड र सान्चोसँगै लुकास्ज पिसजेक र राफायल गुरेरियोल गोल गरे । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको पहिलो हाफमा […]

38 views

0 Bookmark

एजेन्सी – युवा खेलाडीद्वय एर्लिङ हालान्ड र जेडन सान्चोले गोल गरेसँगै बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । घरेलु टोली डर्टमन्डले फ्रान्कफर्टमाथि ४–० को सानदार जित निकालेको हो । 

डर्टमन्डको फराकिलो जितमा हालान्ड र सान्चोसँगै लुकास्ज पिसजेक र राफायल गुरेरियोल गोल गरे । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । खेलको ३३औं मिनेटमा अचराफ हाकिमीको पासमा लुकास्ज पिसजेकले गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा १–० ले अघि बढाएका थिए ।

४९औं मिनेटमा एक्सले विस्टेलको पासमा जाडोन सान्चोले गोल गरेपछि डर्टमन्डले खेलमा २–० को अग्रता बनायो । ५४औं मिनेटमा आर्लिङ हालान्डले आचरफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई फराकिलो जिततर्फ अग्रसर गराए ।

यसै विन्टरमा साल्जवर्गबाट डर्टमन्ड पुगेका हालान्डले बुन्डेस लिगामा ५ खेलमा ८ गोल गर्दै आफ्नो प्रभावशमली प्रदर्शनलाई जारी राखेका छन् । ७४औं मिनेटमा गुरेरियोल गोल गर्दै डर्टमन्डलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै डर्टमन्ड २२ खेलबाट ४२ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको आरबी लेइपजिगको समान ४२ अंक रहेपनि गोल अन्तरमा तेस्रो स्थानका रहेको छ । शीर्षस्थानको बायर्नको ४३ अंक छ । फ्रान्कफर्ट २८ अंक जोडेर नवौं स्थानमा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.