5 years ago
February 19, 2020
पोखरा (हाम्रो खेलकुद) – सहारा क्लब पोखराले आयोजना गर्ने १८ औं संस्करणको आहा आहा रारा गोल्डकप पोखरा रंगशालामा आयोजना हुने निश्चित भएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि आहा रारा गोल्डकपको रुपमा सबैभन्दा ठूलो फुटबल प्रतियोगिता निर्माणाधिन रंगशालामा हुन लागेको हो ।
पोखरामा आज आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले आहा रारा गोल्डकप पोखरा रंगशालामा हुने बताएका छन् । उनको भनाई संगै १८ औं आहा रारा गोल्डकपले पोखरा रंगशालामा नै निरन्तरता पाउने भएको हो ।
कार्यक्रम पछि पोखरा रंगशाला निरिक्षणमा रहेका सदस्य सचिव सिलवालले निर्माण कम्पनी एमए कन्सट्रक्सन प्राली र पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका प्राविधिकहरु संग फागुन २२ गते सम्म के कति काम सम्पन्न हुने हो भन्ने बारे समेत जानकारी समेत लिएका छन् ।
निर्माण कम्पनीका प्राविधिकका अनुसार फागुन २२ गते सम्म १३ हजार ७ सय सिट बस्न लायक हुने इन्जिनियर पुरोषोत्तम बरालले जानकारी दिएका छन । फागुन २२ सम्म १२ वटा शौचालय प्रयोग गर्न सकिने भए पनि चेन्जिङरुम भने निर्माणाधिन अवस्थामा रहेको बरालले बताए । फागुन २२ गते सम्म १६ हजार ५ सय पूर्ण क्षमतामा बने पनि करिब ३ हजार सिट प्राविधिकहरुले अन्तिम निर्णय नगरेसम्म बस्न पाइने नपाइने उनले बताए ।
पोखरा रंगशाला कुल क्षमता १६ हजार ५ सय भएपनि त्यसलाई बढाएर २० हजार दर्शक क्षमताको बनाउने लक्ष्य रहेको सदस्य सचिव सिलवालले बताए । ‘अब पोखरा रंगशालाको देशकै ठूलो रंगशाला बन्नेछ’ उनले भने–‘राती पनि खेल्न सकिने गरि यहाँ फल्ड लाइट सहित सबै व्यवस्था गर्न मैले भनेको छु ।’ उनले पोखरा रंगशालामा कुनै पनि अन्तर्राष्ट्रिय क्षमताको फुटबल प्रतियोगिता हुने गरि तयार गरिन लागेको बताए ।
पोखरा रंगशालामा करिब ५० जना अपाङगता भएका दर्शकहरुलाई समेत बस्ने व्यवस्था हुनेछ । अपाङ्गता भएका व्यक्तिहरुले समेत फुटबल खेलको रौनकलाई सजिलै संग हेर्न पाउने गरि पोखराको फुटबल रंगशालाको डिजाइन गरिएको हो ।
पोखरा रंगशाला निरिक्षणका राखेपका सदस्य राजेश गुरुङ, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका कार्यालय प्रमुख लक्ष्मण योगी लगाएतले सदस्य सचिब सिलवाललाई निर्माणका बारेमा जानकारी दिएका थिए ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]