default_image

4 years ago

February 20, 2020

तिलोत्तमा गोल्डकप सर्यो

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको मिति पछि सरेको छ । रुपन्देही फुटबल संघको आयोजनामा आज (बिहीबार) प्रतियोगिता सुरु हुने यसअघि बताइएको छ । प्रतियोगिताका प्रचार प्रसार समितिका संयोजक सुरज थापाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै चैत १ देखि १० गतेसम्म तिलोत्तमा हुने जानकारी गराएका छन् । विभिन्न जिल्लामा […]

34 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आयोजनाको मिति पछि सरेको छ । रुपन्देही फुटबल संघको आयोजनामा आज (बिहीबार) प्रतियोगिता सुरु हुने यसअघि बताइएको छ ।

प्रतियोगिताका प्रचार प्रसार समितिका संयोजक सुरज थापाले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै चैत १ देखि १० गतेसम्म तिलोत्तमा हुने जानकारी गराएका छन् । विभिन्न जिल्लामा गोल्ड कप सञ्चालन भइरहेको र तोलोत्तमा प्रतियोगिताको प्राविधिक तयारी पुरा नहुँदा पूर्व निर्धारित मितिमा तिलोत्तमा गर्न असमर्थ भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने यसअघि नै जानकारी गराएसकिएको छ । एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० हजार तथा दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सघंले प्रत्येक बर्ष पुरस्कार राशीमा बृद्धि गर्दै आएको छ । गतबर्षको विजेताले ८ लाख ८८ हजा रुपैयाँ प्राप्त गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटर साइकल तथा विधागत उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा विदेशी क्लब, ए डिभिजन क्लब, आयोजक र अन्य जिल्लाका केहि क्लबको सहभागिता रहने बताइएको छ । २०३१ सालमा स्थापना भएर २०३३ सालबाट शुरु भएको तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिता घरेलु फुटबलको पुरानो गोल्डकप मध्येको एक हो । तिलोत्तमा अखिल नेपाल फुटबल सघं (एन्फा) ले क श्रेणी प्राप्त प्रतियोगिता हो ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.