default_image

4 years ago

February 20, 2020

रोहितको पर्सिजा फाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता प्रि सिजनको प्रतियोगिता इस्ट गभर्नर्स गोल्डकपको फाइनलमा पर्सेबयासँग ४-१ ले पराजित भएको छ । खेलको ३० औं मिनेटमा नै १० खेलाडीमा समेटिएपछि पर्सिजाले फराकिलो हार बेहोरेको हो । खेलको तेस्रो मिनेटमा नै पर्सेबयाले ओक्टेभियन फर्नान्डोको गोलमा अग्रता लिएको थियो । पर्सिजाले […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता प्रि सिजनको प्रतियोगिता इस्ट गभर्नर्स गोल्डकपको फाइनलमा पर्सेबयासँग ४-१ ले पराजित भएको छ । खेलको ३० औं मिनेटमा नै १० खेलाडीमा समेटिएपछि पर्सिजाले फराकिलो हार बेहोरेको हो ।

खेलको तेस्रो मिनेटमा नै पर्सेबयाले ओक्टेभियन फर्नान्डोको गोलमा अग्रता लिएको थियो । पर्सिजाले त्यसपछि लगातार दवाव दिएपनि गोल फर्काउन सकेन । ३० औं मिनेटमा रयोजी उतोमोले डेबिड सिल्भालाई फल हानेपछि रेफ्रीले सिधै रातो कार्ड दिँदा पर्सिजा १० खेलाडीमा समेटियो । एक खेलाडी कम हुनुका बाबजुद ४२ औं मिनेटमा मारको सिमिचले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफमा १-१ को बराबरीमा रोकेपनि दोस्रो हाफमा भने पर्सेबयाले खेलमा पकड जमायो । ५२ औं मिनेटमा मकन कोनाटेले गोल गर्दै अग्रता पुन: स्थापना गरे । त्यसको ४ मिनेटमा नै रिकी काम्बुयाले पर्सेबयाको अग्रता दोब्बर पारे । महमुद इदले ८० औं मिनेटमा गोल गर्दै पर्सेबयाको उपाधि पक्का गरे ।

प्रतियोगिताको समूह चरणमा अपराजित रहेको पर्सिजाले सेमिफाइनलमा मदुरा युनाइटेडलाई २-१ ले पराजित गरेको थियो । रोहितले प्रतियोगिताका सबै खेलमा सुरुवाती रोजाईमा खेलेका थिए । उनले समूह चरणको दोस्रो खेलमा मलेसियाको सबाह एफसीविरुद्ध गोल पनि गरेका थिए । इन्डोनेसियाको शीर्ष डिभिजन लिग मार्च १ देखि सुरु हुँदा टोली हाल प्रि सिजन तयारीमा व्यस्त छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.