default_image

4 years ago

February 21, 2020

नेपाल आईस चौथो खप्तड गोल्डकप आजबाट

धनगढी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण आज सुरु हुँदैछ । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक सुदूरपश्चिम ११ क्लबका अध्यक्ष सुरेश हमालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने बताएको छ […]

20 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – घरेलु फुटबलमा सर्वाधिक पुरस्कार राशीको नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण आज सुरु हुँदैछ । फागुन २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक सुदूरपश्चिम ११ क्लबका अध्यक्ष सुरेश हमालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

प्रतियोगिताको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने बताएको छ । प्रतियोगिताको उद्घाटन अघि ट्राफिक चौराहबाट ¥याली निकालिएको आयोजक क्बले जनाएको छ । धनगढी रंगशालामा हुने उद्घाटन खेल बाग्मती क्लब सिराहा र कञ्चनजंघा फुटबल क्लब भारतबीच हुनेछ ।

झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख १ रुपैयाँ र दोस्रो हुनेले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाल आईस मुख्य प्रायोजक रहेको प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गरेको छ । प्रतियोगिताको प्रायोजकमा ग्लोवल आईएमई वैंक, एभरेष्ट एकेडेमी, दिनेश सोप र सगरमाथा सिमेन्ट रहेको छ । यसैगरी हस्पिटल पाटर्नरमा कैलाली हस्पिटल, ईन्सुरेन्स पाटर्सरमा मेटलाईफ अफिसियल वैंकमा सनराईज वैंक हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट रहेको बताइएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.