default_image

4 years ago

February 23, 2020

हालान्डको निरन्तर गोल, लाइप्जिगको ५ गोल

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा सनसनी अर्लिङ ब्राउट हालान्डको उच्च प्रदर्शनलाई निरन्तरता दिदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा जित निकालेको छ । डर्टमन्डले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । डर्टमन्डको जितमा हालान्डसँगै डान एक्सेल जागाडोउले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु […]

94 views

0 Bookmark

एजेन्सी – नर्वे तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा सनसनी अर्लिङ ब्राउट हालान्डको उच्च प्रदर्शनलाई निरन्तरता दिदा बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा जित निकालेको छ । डर्टमन्डले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।

डर्टमन्डको जितमा हालान्डसँगै डान एक्सेल जागाडोउले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीलाई दवावमा राखेपनि डर्टमन्डले गोलको लागि दोस्रो हाफ कुर्नुपरेको थियो ।

५२औं मिनेटमा डान एक्सेल जागाडोउले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । उनले जाडोन सान्चोको पासमा गोल गर्न सफल भएका थिए । ६६औं मिनेटमा अचराफ हाकिमीको पासमा हालान्डले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनायो ।

यसै विन्टरमा आरबी साल्जवर्गबाट डर्टमन्ड आएका हालान्डले आफ्नो उच्च प्रदर्शनलाई निरन्तरता दिदै जर्मनीमा आफ्नो छाप छोड्न सफल भएका छन् । उनले बुन्डेस लिगाको ६ खेलमा ९ गोल गरिसकेका छन् । १९ वर्षे हालान्डले समग्रमा डर्टमन्डबाट ८ खेल खेल्दै १२ गोल गरिसकेका छन् ।

जितसँगै डर्टमन्डले शीर्षस्थानको बायर्न म्युनिख र आरबी लाइप्जिगमाथि दवाव यथावतै राखेको छ । डर्टमन्डको २३ खेलबाट ४५ अंक छ । समान खेलबाटै बायर्नको ४९ तथा लाइप्जिगको ४८ अंक छ । वेर्डर ब्रेमेन १७ अंक जोडेर १७औं स्थानमा छ ।

शनिबार राति नै भएको अर्काे खेलमा आरबी लाइप्जिगले साल्केमाथि ५–० को सानदार जित निकाल्दै शीर्षस्थानको बायर्नसँगको अंक दुरी १ मा झारेको छ । लाइप्जिगको जितमा मार्सेल सावित्जर, टिमो वेर्नर, मार्सेल हल्सटनेवर्ग, एंगेलिनो र इमिल फोर्सवर्गले गोल गरे । पहिलो हाफमा १ तथा दोस्रो हाफमा ४ गोल सम्भव भएको थियो ।

२३ खेलबाट लाइप्जिगको ४८ अंक छ । समान खेलबाटै बायर्नको ४९ अंक छ । पराजित साल्के ३६ अंक जोडेर छैटौं स्थानमा छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.