default_image

5 years ago

February 23, 2020

बाँसबारी र ब्वाइज युनियनको जित

54 views

0 Bookmark

एजेन्सी – अराउन्ड द हिमालयज बाँसबारी क्लब र डिभाइन ब्वाइज युनियन क्लबले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेका छन् ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिगको उद्घाटन खेलमा ब्वाइज युनियनले श्री कुमारी क्लबमाथि २-० को जित दर्ता गर्यो । ब्वाइज युनियनले पहिलो हाफको ४१ औं मिनेटमा वर्तमान राईको गोलमा अग्रता लिएको थियो । वर्तमानले क्रसबारमा लगेर फर्केको बललाई गोलमा परिणत गरेका थिए । दोस्रो हाफमा वैकल्पिक खेलाडी प्रदीप बोगटीले गोल गर्दै ब्वाइज युनियनको जित पक्का गरे ।

दिनको दोस्रो खेलमा बाँसबारीले श्री भगवती क्लबलाई १-० ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा बाँसबारीका लागि वैकल्पिक खेलाडी सुलेमान थापामगरले निर्णायक गोल गरे । ६१ औं मिनेटमा मैदान प्रवेश गरेका उनले दुई मिनेटपछि नै वन भर्सेस वनको स्थितिमा विपक्षी गोलरक्षक अमानत शेखलाई बिट गरेका थिए ।

सोमबार पहिलो खेलमा टुसाल युवा क्लब र पुल्चोक स्पोर्ट्स क्लब भिड्नेछन् । दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसनले खुमलटार क्लबको सामना गर्नेछ ।

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

December 12, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]

Success

Thank you for your time.