5 years ago
February 23, 2020
धनगढी (हाम्रो खेलकुद) – नवजागृति युवा क्लब नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीलाई आइतबार ४–० ले हराउँदै नवजागृति अन्तिम आठमा पुगेको हो ।
विजय टोलीका लागि विवेक चौधरीले ह्याट्रिक पुरा गरे भने अर्को गोल सागर चौधरीले गोल गरे ।धनगढी रंगशालामा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियोे । ५२ औं मिनेटमा सागरको गोलमा टोलीले अग्रता बनाएका थिए । विपक्षी गोलकिपर विशाल सुनुवार अघि बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे ।
५९ औं मिनेटमा विवेकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । विपक्षी गोलकिपर र रक्षकको तालमेल नमिल्दाको फाइदा विवेकले उठाए । विवेक ७२ औं मिनेटमा र ग८० औं मिनेटमा गोल गर्दै टोलीको जित निश्चित पारे । अन्तिम गोल उनले पेनाल्टीमा गरेका थिए ।
एकेडेमीले पहिलो हाफमा पाएको पेनाल्टीमा गोल गर्न सकेन । ३५ औं मिनेटमा जन जागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पेनाल्टी पाएको थियो । तर, कप्तान अशिम गुरुङ गोल गर्न असफल भए । उनको प्रहारलाई गोलकिपर दिलमणी चौधरीले रोके ।
नवजागृतिका विवेक खेलेको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।जन जागृतिले अब सेमिफाइनल प्रवेशका लागि रुस्लान थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टारले सोझै क्वार्टरफाइनलमा स्थान पाएको छ ।
सुदूरपश्चिम ११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगितामा मंगलबार गोर्खा ब्वाईज रुपन्देही र सुनौलो संगम बुटबलबीच प्रतिस्पर्धा हुनेछ । फागुन २० गतेसम्म चल्ने प्रतयिोगिताको विजेताले २१ लाख १ रुपैँया र दोस्रो हुने टोलीले १० लाख १ रुपैँया प्राप्त गर्नेछ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]