default_image

4 years ago

February 23, 2020

जुमानु चम्कँदा पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जुमानु राईले दुई गोल गरेपछि नेपाल पुलिस क्लबले मेची नेत्रालय काक्करभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३-१ ले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । धरान रंगशालामा भएको खेलमा मेचीले सुरुवाती अग्रता लिएपनि पुलिसका लागि जुमानुले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरे । खेलको १० […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान जुमानु राईले दुई गोल गरेपछि नेपाल पुलिस क्लबले मेची नेत्रालय काक्करभित्ता फुटबल ट्रेनिङ सेन्टरलाई ३-१ ले पराजित गर्दै २२ औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

धरान रंगशालामा भएको खेलमा मेचीले सुरुवाती अग्रता लिएपनि पुलिसका लागि जुमानुले दोस्रो हाफमा दुई गोल गर्दै जित पक्का गरे । खेलको १० औं मिनेटमा संजय धिमालको गोलमा मेचीले खेलमा अगाडि बढेको थियो । तर पहिलो हाफको अन्त्यतिर दुई मिनेटको अन्तरमा दुई गोल गर्दै पुलिस अग्रता लिन सफल रहयो ।

खेलको ४३ औं मिनेटमा भोला सिलवालको पासमा सुमन सुवेदीले उत्कृष्ट हेडिङ गोल गर्दै खेल बराबरीमा ल्याए । लगत्तै दुई मिनेटपछि नै पुलिस खेलमा अगाडी बढ्यो । पुलिसका तिर्थ रानालाई लडाएपछि ३५ यार्डमा प्राप्त फ्रिकिकमा जुमानुको प्रहार सिधै गोलमा परिणत हुँदा पुलिसले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा आक्रमक बनेको मेचीले काउन्टर अट्याकमा गोल खाँदा खेलमा फर्कने सम्भावना तुहिएको थियो । ७७औं मिनेटमा जुमानु राईले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गदै पुलिसको जित पक्का गरे । त्यसअघि कर्ण लिम्बुले वान भर्सेज वानमा गोल गर्न चुकेका थिए । ६९औं मिनेटमा कर्ण लिम्बुले सबै खेलाडी बिट भएको अवस्थामा गरेको फ्लिक प्रहार पोस्टबाट थोरै बाहिरियो ।

दुई गोल गरेका जुमानु राईले खेलको म्यान अफ दि म्याच घोष्ति भए । उनले १५ हजार रुपैयाँ प्राप्त पारे । प्रतियोगितामा सोमबार मुख्यमन्त्री लिग विजेता बेलबारी फुटबल क्लब झापा र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.