default_image

4 years ago

February 24, 2020

भिल्लारियललाई हराउँदै एट्लेटिको तेस्रो स्थानमा

एजेन्सी – भिल्लारियलमाथि सहज जित निकाल्दै एट्लटिको मड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोलीले भिल्लारियलाई ३–१ ले हराउदै सेभियालाई पछि पार्दै ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको हो ।  एट्लेटिकोले सेभियालाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । एटेलेटिको र सेभियाको २५ खेलबाट समान ४३ अंक […]

47 views

0 Bookmark

एजेन्सी – भिल्लारियलमाथि सहज जित निकाल्दै एट्लटिको मड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोलीले भिल्लारियलाई ३–१ ले हराउदै सेभियालाई पछि पार्दै ला लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको हो । 

एट्लेटिकोले सेभियालाई गोल अन्तरमा पछि पार्दै तेस्रो स्थानमा उक्लन सफल भएको हो । एटेलेटिको र सेभियाको २५ खेलबाट समान ४३ अंक रहेको छ । यि दुई टोलीबीच १ गोलको अन्तर छ । भिल्लारियल ३८ अंक जोडेर सातौ स्थानमा छ । एट्लेटिको शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले तथा दोस्रो स्थानको रियाल म्याड्रिडसँग १० अंकले पछि छ ।

वान्डा मेट्रोपोलिटानोमा आइतबार रासत भएको खेलमा घरेलु टोलीको जितमा एन्जेल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे । भिल्लाका पाको अल्कासेरले गरेको गोल सान्त्वना बन्यो । एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्ट्याएर महत्वपुर्ण ३ अंक जोड्न सफल भएको हो ।

१६ मिनेटमा पाको अल्कासेरले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए । ६४औं मिनेटमा कप्तान कोकीले कोरेराको पासमा गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । ७४औं मिनेटमा जोओ फेलिक्सले कोकीको पासमा गोल गर्दै एट्लेटिकोको जित पक्का गरे ।

अन्य नतिजा

ओसासुनाविरुद्ध ग्रानडा (०–)

डिर्पोटिभो अलाभेसविरुद्ध एथ्लेटिको बिल्वाओ (–१)

रियल भालाडोलिडविरुद्ध इस्पान्योल (–१)

गेटाफेविरुद्ध सेभिया (०–)

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.