default_image

4 years ago

February 24, 2020

सातदोबाटो क्लबलाई कर्माको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटो युथ क्लबलाई कर्मा कन्सट्रक्सनले ट्याकसुट सहयोग गरेको छ । कर्मा कन्सट्रक्सनका मालिक रवि महर्जनले आइतबार समग्रमा करिव १ लाख ५० हजार रुपैयाँ बराबरको ट्याकसुट प्रदेश ३ का सांसद राजकाजी महर्जनबाट क्लबलाई हस्तान्तरण गरेको हो । मालिक रवि महर्जनले क्लबलाई केही राहत मिलोस […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटो युथ क्लबलाई कर्मा कन्सट्रक्सनले ट्याकसुट सहयोग गरेको छ ।

कर्मा कन्सट्रक्सनका मालिक रवि महर्जनले आइतबार समग्रमा करिव १ लाख ५० हजार रुपैयाँ बराबरको ट्याकसुट प्रदेश ३ का सांसद राजकाजी महर्जनबाट क्लबलाई हस्तान्तरण गरेको हो । मालिक रवि महर्जनले क्लबलाई केही राहत मिलोस भनेर नै सहयोग गरिएको बताए ।

यस्तै रोयल बज्र एसएस होम प्रालिका सरोज कुमार श्रेष्ठ र सुपर भाइजर जय राज महर्जन र युनास डंगोलले पनि क्लबलाई सहयोग गरेका छन् । जग किरण कन्सट्रक्सनका जगनाथ महर्जनले पनि क्लबलाई सहयोग गरेको क्लबले जनाएको छ ।

सातदोबाटोले मंगलबार नयाँ बस्ती युवा क्लबसँग खेल्दै ‘बी’ डिभिजन लिगको शुरुवात गर्दैछ । सातदोबाटोले यसपटक शीर्ष डिभिजनमा उक्लने लक्ष्य राखेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.