default_image

4 years ago

February 24, 2020

मेस्सीको छोराको रोजाईमा रोनाल्डो !

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीले आफ्ना छोरा थिएगोले केहि खेलाडीको बारेमा चर्चा गर्ने गरेको र त्यसमध्ये युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पनि रहेको बताएका छन् । पछिल्लो एक दशक मेस्सी र रोनाल्डोबीच विश्व फुटबलमा निकै प्रतिस्पर्धा रहँदै आएको छ । यस क्रममा अर्जेन्टिनाका मेस्सीले ६ पटक बालोन डी ओर जित्दा पोर्चुगलका रोनाल्डोले पनि ५ पटक […]

38 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका स्टार लियोन मेस्सीले आफ्ना छोरा थिएगोले केहि खेलाडीको बारेमा चर्चा गर्ने गरेको र त्यसमध्ये युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो पनि रहेको बताएका छन् ।

पछिल्लो एक दशक मेस्सी र रोनाल्डोबीच विश्व फुटबलमा निकै प्रतिस्पर्धा रहँदै आएको छ । यस क्रममा अर्जेन्टिनाका मेस्सीले ६ पटक बालोन डी ओर जित्दा पोर्चुगलका रोनाल्डोले पनि ५ पटक आफ्नो नाममा लेखाइसकेका छन् । लामो समय उनीहरुबीच स्पेनिस ला लिगामा पनि निकै प्रतिस्पर्धा भयो । गतवर्ष भने रोनाल्डो इटाली लागेका थिए ।

मेस्सीले आफ्नो पछिल्लो अन्तवार्तामा छोराले बार्सिलोनका अन्य स्टार लुइस स्वारेज, एन्टोनी ग्रिजमान तथा बार्सिलोना बासिहरका केलियन एमबाप्पेले, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्ने गरेको बताए ।

‘हाम्रो सम्बन्ध राम्रो भएका स्वारेज, ग्रिजमनका बारेमा कुरा गर्छन । अर्टुरो भिडालको कपाल देखेपछि पनि उसले कुरा गरेको थियो’ , उनले भनेका छन्, ‘उनले एमबाप्पे, रोनाल्डो र नेयमारका बारेमा कुरा गर्छन् ।’

खेलाडीका बारेमा नयाँ कुरा सोध्न पनि थिएगोलाई चासो रहेको मेस्सीले बताएका छन् । ‘उसलाई उनीहरुका बारेमा धेरै थाहा छ,’ मेस्सीले भने,‘ उनी अझ उनीहरुका बारेमा जान्न चाहन्छन् ।’ थिएगो पनि बार्सिलोनाको एकेडेमीमा खेल्दै आएका छन् । भर्खरै उनले गरेको गोलले समाजिक सञ्जालमा चर्चा पाएको थियो ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.