default_image

4 years ago

February 25, 2020

चोटले पिरोलेको चेल्सीलाई बायर्नको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार रातको १ः४५ बजे हुनेछ ।  यि दुई टोली सन् २०१२ पछि च्याम्पियन्स लिगमा पहिलोपटक भिड्न लागेका हुन् । त्यतिबेला फाइनलमा बायर्नलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिगको […]

53 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति इंग्लिस क्लब चेल्सीले घरेलु मैदानमा जर्मन च्याम्पियन बायर्न म्युनिखको आतिथ्यता गर्दैछ । खेल स्टामफोर्ड ब्रिजमा नेपाली समयअनुसार रातको १ः४५ बजे हुनेछ । 

यि दुई टोली सन् २०१२ पछि च्याम्पियन्स लिगमा पहिलोपटक भिड्न लागेका हुन् । त्यतिबेला फाइनलमा बायर्नलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको थियो । च्याम्पियन्स लिगमा ८ वर्षपछि यि दुई टोली भिड्न लागेका हुन् ।

अहिलेसम्मको ती भेटमा यि दुई टोलीले समान एक जित, बराबरी र हारको नतिजा निकालेको छ । त्यसैले मंगलबार राति हुने यि दुई बीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

यि दुई टोली पछिल्लोपटक सन् २०१७ मा च्याम्पियन्स कपमा प्रतिस्पर्धा गरेका थिए । जसमा बायर्न ३–२ ले विजयी भएको थियो । त्यसअघि सन् २०१३ मा युइएफए सुपर कपमा २–२ गोलको बराबरी हुँदा पेनाल्टी सुटआउटमा बायर्न विजयी हुन सफल भएको थियो ।

अहिले अवस्था फेरिएको छ । त्यतिबेलाका केही खेलाडी अहिले टोलीमा रहेका छैनन् । बायर्नलाई हराउँदाका फ्रान्क लाम्पार्डले अहिले चेल्सीको प्रशिक्षण सम्हालेका छन् । फ्रान्क लाम्पार्ड प्रशिक्षकका रुपमा पुन बायर्नलाई हराउने दाउमा हुनेछ । तर, चेल्सीले बायर्नलाई हराउन संघर्ष गर्नुपर्ने हुन्छ । चोटिलो चेल्सी बायर्नलाई पहिलो लेगमा पराजित गर्दै क्वाटरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ ।

प्रशिक्षक लाम्पार्डले एंगोलो कान्टे र क्रिष्टियन पुलिसिचको साथ बायर्नविरुद्धको खेलमा पाउने छैनन् । यस्तै कलुम हड्सन ओडोईले बायर्नसँगको खेल गुमाउने छन् । यि तिन खेलाडी नहुँदापनि चेल्सीले प्रिमियर लिगमा टोटेनहमलाई २–१ ले पराजित गरेको थियो । चेल्सीका लागि ओलिभर जिरुउड, मासन माउन्ट, टमी अब्राहम, विलियन, एन्ड्रियस क्रिस्टिएन्सन, जर्गिन्हो र माटियो कोभासिस हुनेछन् ।

यता, घरेलु टोलीलाई स्तब्ध पार्दै पहिलो लेगमा अग्रता लिदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । बायर्न २०१२ को फाइनलमा भोगेको हारको बदला लिने दाउमा हुनेछ ।

बायर्नका लागि रोवर्ट लेवान्डोस्की, फिलिपे कौटिन्हो, सर्जी जिनाब्री, डेभिड अल्वा, जोसवा किम्मिच, थोमस मुलर, किङ्सले कोमान र म्यानुयल निउर रहनेछ । बार्यनका निक्लास सुले र इभान पेरिसिचले चोटका कारण चेल्सीविरुद्धको खेल गुमाउनेछन् ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.