default_image

4 years ago

February 25, 2020

प्रवेशको २ गोलमा सातदोबाटो विजयी

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा मगलबार जित निकालेको छ । प्रवेश बस्नेतको २ गोलमा सातोबाटोले नयाँ बस्ती युवा क्लबलाई २–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा प्रवेशले ५९ औं र ८२ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा अनिष चौधरीको बराबरी गोलमा झम्सिखेल युथ […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सातदोबाटो युथ क्लबले सहिद स्मारक बी डिभिजन लिगमा मगलबार जित निकालेको छ । प्रवेश बस्नेतको २ गोलमा सातोबाटोले नयाँ बस्ती युवा क्लबलाई २–० ले हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा प्रवेशले ५९ औं र ८२ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा अनिष चौधरीको बराबरी गोलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम (आरसिटी) ले १–१ को बराबरी खेलेका छन् ।

अनिषले इन्जुरी समयमा बराबरी गोल गर्दै टोलीलाई अंक दिलाएका थिए । त्यसअघि २८ औं मिनेटमा कप्तान अमर डंगोललले गोल गर्दै ए डिभजिन लिगको उपाधि ६ पटक जितेको आरसिटीलाई अग्रता दिलाएका थिए । तर टोली अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्यो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.