default_image

4 years ago

February 25, 2020

ओलावाले पुनः मनाङमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली घरेलु फुटबलले पाएको चर्चित विदेशी फरवार्ड मध्येको एक नाइजेरियन आफिज ओलाडिपो ओलावाले पुनः नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबमा अनुबन्धित भएका छन् । पछिल्लो समय साउदी अरबको लिगमा व्यस्त रहेका आफिजलाई मनाङले पुनः अनुबन्ध गर्न सफल भएको हो । आफिज गत सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग र एएफसी कपपछि साउदीतर्फ लागेका […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली घरेलु फुटबलले पाएको चर्चित विदेशी फरवार्ड मध्येको एक नाइजेरियन आफिज ओलाडिपो ओलावाले पुनः नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबमा अनुबन्धित भएका छन् ।

पछिल्लो समय साउदी अरबको लिगमा व्यस्त रहेका आफिजलाई मनाङले पुनः अनुबन्ध गर्न सफल भएको हो । आफिज गत सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग र एएफसी कपपछि साउदीतर्फ लागेका थिए ।

उनलाई मोफसलको प्रतियोगिताका लागि दुई महिनाको लागि अनुबन्ध गरिएको र राष्ट्रिय लिग भएको खण्डमा सम्झौता अवधि लम्ब्याउने गरी सम्झौता भएको क्लबले जनाएको छ ।

कागजी प्रक्रियाका कारण उनले धरानमा जारी बुढासुब्बा गोल्डकप गुमाउन सक्नेछन् । मनाङ बुढासुब्बा गोल्डकपका सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल पुगेको अवस्थामा उनले फाइनल खेल खेल्न सक्नेछ । उनले पोखराको आहा रारा गोल्डकपबाट पुनः मनाङको जर्सी पहिरिनेछन् ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.