default_image

4 years ago

February 28, 2020

इन्टर मिलान अघिल्लो चरणमा, आयाक्स बाहिरियो

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको यात्रा तय गर्दा अघिल्लो सिजन युइएफए च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको डच क्लब आयाक्स युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ । बिहीबार राति भएको खेलमा इन्टरले घरेलु मैदानमा बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई २–१ ले पराजित गर्दै अन्तिम १६ को यात्रा […]

36 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको यात्रा तय गर्दा अघिल्लो सिजन युइएफए च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेको डच क्लब आयाक्स युरोपा लिगको राउन्ड अफ ३२ बाटै बाहिरिएको छ ।

बिहीबार राति भएको खेलमा इन्टरले घरेलु मैदानमा बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई २–१ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । इन्टरले समग्रमा ४–१ को जित निकालेको हो । पहिलो लेगमा इन्टरले २–० को जित निकालेको थियो ।

इन्टरको जितमा क्रिस्टियानो विरागी र रोमेलु लुकाकुले गोल गरे । पाहुना टोलीका काउले ओलिभिएरा सोउजाले गोल गरे । सबै ३ गोल पहिलो हाफमा नै सम्भव भएको थियो । खेलको २६औं मिनेटमा कउले सौउजाले गोल गर्दै लुडोगोरेट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, लुडोगोरेट्सको त्यो अग्रता लामो समय टिकेन ।

३२औं मिनेटमा क्रिस्टियानोले बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम समयमा रोमेलु लुकाकुले गोल गर्दै इन्टरलाई खेलमा २–१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलको केही अवसर खेल फाल्दा थप गोल निस्कन नसक्दा इन्टर २–१ को जितसहित समग्रमा ४–१ को जित निकाल्दै अन्तिम १६ मा पुग्न सफल भयो ।

अर्काे खेलमा अघिल्लो सिजन च्याम्पियन्स लिगमा सनसनीपुर्ण प्रदर्शन गरेका आयाक्सले दोस्रो लेगमा २–१ को जित निकालेपनि राउन्ड अफ ३२ बाट अघि बढ्न सकेन । आयाक्स गेटाफेसँग समग्रमा ३–२ ले पराजित हुदै राउन्ड अफ ३२ बाटै बाहिरिएको हो ।

 

आयाक्स पहिलो लेगमा २–० ले पराजित भएको थियो । त्यही हार नै आयाक्स अघि बढ्नको लागि बाधक बन्यो । आयाक्स १ वर्षको अन्तरमा निकै कमजोर देखिएको हो । यो सिजन केही स्टार खेलाडीहरुले क्लब छाडेको असर आयाक्समा देखिएको हो । आम्सटर्डममा आयाक्सको २–१ को जितमा डानिलोले गोल गर्दा एक गोल उपहार पाएको थियो । गेटाफेका जेमी माटाले गोल गरे ।

अन्य नतिजा

ब्रागापविरुद्ध रेन्जर्स (०–१) समग्रमा २– को जित

बसेलविरुद्ध एपोइल निकोसिया (–०) समग्रमा –० को जित

इस्पान्योलविरुद्ध वल्भ्स (३–२) समग्रमा ३– को जित

पोर्टाेविरुद्ध लिभरकुसेन (१–) समग्रमा २– को जित

जेन्टविरुद्ध रोमा (१–१) समग्रमा १– को जित

इस्तानुबुलविरुद्ध स्पोर्टिङ (–१) समग्रमा–४ को जित

लास्कविरुद्ध अल्कामार (–०) समग्रमा –१ को जित

माल्मोविरुद्ध वल्फवर्ग (०–) समग्रमा १– को जित

सेल्टिकविरुद्ध एफसी कोपेनहेगन (१–) समग्रमा २–४ को जित

सेभियाविरुद्ध सिएफआर क्लज (०–०) (–१) अवे गोलमा विजयी

 

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.