default_image

5 years ago

February 28, 2020

बुढासुब्बाको फाइनलमा मनाङ र पुलिस तेस्रो पटक भिड्दै

87 views

0 Bookmark

धरान (हाम्रो खेलकुद)– दुई ए डिभजिन क्लब नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस क्लब सहिद स्मारक ए डिभिजन लिगपछि पहिलो पटक शनिबार एकअर्काविरुद्ध उत्रदैछन् । पुलिस र मनाङबीच शनिबार २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । बुढासुब्बाको फाइनलमा यी दुई टोली तेस्रो पटक भिड्दैछन् ।

बुढासुब्बाको इतिहासमा पुलिस सर्वाधिक सफल टोली मध्येको एक हो । पुलिस र रुस्लान थ्री स्टार क्लबले अहिले सम्म समान ५ पटक बुढा सुब्बाको उपाधि जित्दा मनाङले पनि त्यसपछि दोस्रो सफल टोलीका रुपमा तीन पटक उपाधि उचालिसकेको छ । धरान रंगशालमा शनिबार उत्रदा दुवैको एउटै लक्ष्य उपाधि जित्नु नै हो ।

३ सिनियर सहित युवा खेलाडीको बाहुल्यता रहेको पुलिसले सेमिफाइनलमा उपाधि दाबेदारका रुपमा हेरिएको ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबलाई पराजित गरेको थियो । पुलिसले पहिलो खेलमा मेची नेत्रालय काकरभिट्टालाई ३–१ ले हराउँदै मछिन्द्रसँगको भेट पक्का गरेको थियो ।

निरन्तर प्रशिक्षणमा रहेको टोलीमा युवा र अनुभवी खेलाडीको साथ रहेकोले उपाधि जित्ने पुलिसका प्रशिक्षक दिनेश गुरुङले दाबी गरे । उनले मनाङ राम्रो टोली भए पनि लिग च्याम्पियन टोलीलाई सेमिफाइनलमा हराउँदै अघि बढेकोले टोलीको मनोबल उच्च रहेको बताए ।

बुढासुब्बामा यस अघि पुलिसले १० पटक फाइनल खेलिसकेको छ । यो पुलिसको ११ औं फाइनल हो । मनाङले भने ४ पटक फाइनल खेल्दा ३ पटक उपाधि जितेको छ । बुढासब्बाको छैटोै र आठौ संस्करणमा मनाडले फाइनलमा पुलिसलाई हराएको थियो । यसपटक लिगमा पनि मनाडले पुलिसलाई २ –० ले हराएको थियो ।

मनाङका प्रशिक्षक तोपे फुजा ले टोली भरपर्दा खेलाडी रहेकाले उपाधि जित्ने विश्वास व्यक्र गरे । ‘हाम्रो टिमवर्क राम्रो छ,’ उनले भने, ‘त्यसकारण पनि हाम्रो मनोबल उच्च छ ।’ मनाङले पहिलो खेलमा बेलबारी फुटबल क्लब र सेमिफाइनलमा भारतको युके एफसीलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो । धरान फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.