default_image

5 years ago

February 29, 2020

झापा ११ पहिलो खेलबाटै बाहिरियो

67 views

0 Bookmark

दिपक बोहोरा, इलाम

झापा ११ फुटबल छैटौं माइभ्याली गोल्डकपको पहिलो खेलबाटै बाहिरिएको छ । इलाममा जारी प्रतियोगितामा शनिबार भारतको मानेभञ्ज्याङ एफसी दार्जिलिङ संग २–१ ले पराजित हुँदै झापा बाहिरिएको हो ।

मानेभञ्ज्याङ सेमिफाइनल पुगेको छ । माने भञ्जाङले सेमिफाइनलमा रुपन्देही ११ र लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । ठूलो टुडिखेलमा भएको खेलकोे २३ औ मिनेटमा मानेभञ्ज्याङ पिनसाई लाथोङले गोल गर्दै अग्रता लिएका थिए ।

रक्षापक्तिको कमजोरीको फाइदा उठाउँदै उनले गोल गरेका हुन् । लाथोङले ४८ औं मिनेटमा अर्को गोल गरे । खेलको ८४ औं मिनेटमा ११ सरोज कार्कीले गोल गरेपनि झापा खेलमा फर्कन सकेन ।

टोलीका सिनियर खेलाडी ए डिभिजनका विभिन्न क्लबहरुमा आबद्ध भएपछि झापा ११ ले पुरानो साख गुमाउँदै पहिलो खेलमा नै पराजित हुन पुगेको हो । झापा ११ माइभ्यालीमा यसअघि दुई पटक उपाधि जितेको थियो । म्यान अफ दि म्याच बनेका मानेभन्ज्याङका लाथोङले १० हजार रुपैयाँ प्राप्त गरे ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

माइभ्याली गोल्डकपमा आइतबार हुने खेल

त्रिभुवन आर्मी क्लब विरुद्ध संकटा क्लब

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.