default_image

9 years ago

July 22, 2016

समर्पित समर्थकको भोको नेपाली फुटबल

283 views

0 Bookmark

-सुबास हुमागाईं

बिहिबार एक भव्य समारोहबिच नेपाल खेलकुद पत्रकार मंचको आयोजनामा ‘पल्सर स्पोर्ट्स अवार्ड २०७२’ प्रज्ञा भवन कमलादीमा सम्पन्न भयो। फुटबलको वर्चस्व रहेको उक्त कार्यक्रममा एक अनौठोलाग्दो तथ्यले भने सारा फुटबल जगतलाई पुन: एकपटक झकझक्याएको छ।

Nawayug Shrestha

करिब एक महिना अगाडी घोषणा गरिएको ‘पिपल्स च्वाइस अवार्ड’ विधामा भोटिङका आधारमा विजेता छनोट गरिने पद्दति अपनाइएको थियो। यसका लागि मंचले एस.एम.एस र फेसबुक भोटिङ गरेर दुइ प्रक्रियाबाट जनताको भोट लिएको थियो। मनोनयनमा फुटबलका नवयुग श्रेष्ठ, टेबल टेनिसकी नविता श्रेष्ठ, भलिबलकी प्रतिभा माली, भारोत्तोलनकि तारा देवी पुन र क्रिकेटका सन्दिप लामिछाने परेका थिए।

कार्यक्रमको अघिल्लो दिनको मध्यरातसम्म खुल्ला राखिएको भोटिङमा कुल २,८६,५२१ मतदान भएको थियो भने विजेता नविताले १,५०,५११ भोट पाएकी थिइन। दोश्रो स्थान प्राप्त गरेकी प्रतिभा मालीले १,१६,९५६ मत प्राप्त गर्दा तेश्रा भएका नवयुगले जम्मा १३,०७५ मत मात्र जोड्न सके।

भोट गणना गर्दा राष्ट्रिय फुटबल टोलीलाई २३ वर्षपछि उपाधि जिताउन मुख्य भूमिका खेलेका नवयुग श्रेष्ठको भोट गिन्ती दशरथ रंगशालामा एक फुटबल खेल हुदा उपस्थित हुने दर्शक संख्या भन्दा पनि न्यून देखियो। यो भोटिङ दौरानभरि म एक फुटबल प्रेमीको फेसबुक दिनानुदिन नवयुगलाई भोट माग्ने अपिलले भरिभराउ देखिन्थ्यो, लाग्थ्यो यो भोटिङमा फुटबलका नवयुगले ठुलो अन्तरले विजय हासिल गर्नेछन। तर, विगतका समयमा घटेका कटु सत्यले भने मस्तिष्कको एक कुनामा हर प्रहर एक सन्देह भने बास गरेकै थियो।

विगतका समयमा पनि जनताको मतदानको आधारमा गरिने विधामा फुटबलको प्रदर्शन त्यति सफलदायी रहेको पाइन्न। ०६५ सालदेखि सुरु भएको लोकप्रिय खेलाडीको विधामा फुटबलका कप्तान राकेश श्रेष्ठ र गोलरक्षक विकास मल्ल मनोनित भएका थिए तर भलिबलकी मंजु गुरुङले सो उपाधि हात पारिन्। लगत्तै २०६६ सालमा भने फुटबलले आनन्दको सास फेर्ने मौका पायो। फुटबलका सन्तोष शाहुखलले लोकप्रिय खेलाडीको उपाधि जिते र सो विधामा हालसम्म फुटबलको एक मात्र सफलता त्यहि नै हो। ०६७ सालमा कप्तान सगर थापा, ०६८ सालमा भारत खवास, ०६९ सालमा जगजित श्रेष्ठ र ०७० सालमा बिमल घर्ति मगरले मनोनयनमा परेर उपाधि जित्न नसक्नुले पनि जनतामाझ फुटबलको पकड केहि कमि आएको हो कि भन्ने प्रश्न पैदा हुन सक्छ।

भनिन्छ फुटबल नेपालको सर्वाधिक लोकप्रिय खेल हो र संख्याका आधारमा फुटबलका समर्थक अरु खेलभन्दा धेरै छन्। अन्तराष्ट्रिय र राष्ट्रियस्तरका खेलमा हुने समर्थकहरुको उपस्थितिले पनि सो तथ्यलाई सिद्ध पारेको छ। तर खेलको समर्थन उत्रिने समर्थकले सोहि हिसाबमा खेलाडीहरुको समर्थनमा खरो उत्रिन नसक्नुले कता कता खेलाडीहरुमा खिन्नता भने अवश्य पैदा गर्छ। एन्फाले आयोजना गर्ने लिग होस् या मोफसलमा हुने फुटबल प्रतियोगिताहरु, जुनसुकै टोलि खेले पनि समर्थकहरुको भिड उत्तिकै हुने गर्छ। पुर्व इलाम देखि पश्चिम नेपालगंजसम्म जुनसुकै फुटबल प्रतियोगितामा पनि आयोजक कमिटिले मोटो रकम फाइदा गरेको बजेट घोषणा गर्दै आएका छन्।

व्यवसायिक रुपमा अन्य खेलभन्दा माथि उठेको नेपाली फुटबलमा दर्शकको संख्या बढ्दो रहेपनि समर्पित समर्थक भने कमै भेटिन्छन। हुन त अन्य कुनै खेलमा नदेखिएका समर्थक क्लब फुटबलमा छन्, तर क्लबबाट माथि उठेर समग्र खेलको समर्थनमा भने यी समर्थक क्लब चुकेको देखिन्छ। सामाजिक संजाल र खेलको भएको बेलामा आफ्नो क्लबको खेल हेर्न आउने बाहेक यी समर्थक क्लबका गतिविधि शुन्यप्राय छन्।

भलिबलकी प्रतिभा मालीको भोटिङका लागि प्रतियोगिताको तयारीमा रहेको राष्ट्रिय टोलीनै एक मैत्रीपूर्ण खेल खेल्न राजि भयो, र सो खेलबाट उठेको रकम प्रतिभाको भोटिङमा खर्च गरियो, तर फुटबलको क्षेत्रमा सो किसिमको कुनै पहल देखिएन। विजेता नविताले पनि मनोनयन दर्ता भएको दिनदेखिनै आफ्नो शुभचिन्तक र खेलप्रेमीमाझ भोटको अपिल गरिन र उनको खेल परिवारले यसको सकारात्मक नतिजा प्रस्तुत गर्यो।

हुन त नवयुग आफैले पनि आफ्नो क्षेत्र बाट सक्दो प्रयास गरेका थिए, उनले भिडियो अपिल, सामाजिक संजालमा भोट अपिल र विभिन्न फुटबल एकेडेमीमा गएर आफैं भोट मागेका थिए। तर समर्थकहरुले उनले गरेको अपिलको बेवास्ता गर्दै भोट हाल्न चुकेपछि ठुलो अन्तरले पराजय भोग्नु पर्यो।

उनले अर्को विधा, ‘उत्कृष्ट पुरुष खेलाडी’मा भने विजय भएर आफ्नो खेल कौशल सिद्ध पारे। अन्जन बिष्ट ‘उत्कृष्ट युवा खेलाडी’, श्रीराम रन्जितकार ‘लाइफटाइम एचिभमेन्ट’, राष्ट्रिय फुटबल टोली ‘टिम अफ द इयर’ र स्व. ललितकृष्ण श्रेष्ठको ‘विशेष अवार्ड’ विजयले समग्र फुटबल खेल र खेलाडी हैनकि फुटबलका समर्थक हारेको भने पक्कै जताएको छ। अन्य खेलजस्तै नेपाली फुटबलले पनि समर्पित दर्शकको साथ नपाउने हो भने केहि समय पश्चात खेलाडीहरुको मनोबलमा केहि आँच नआउला भने भन्न सकिन्न।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.