default_image

4 years ago

March 3, 2020

एन्फा कास्कीले अझै बुझाएन प्रशासनले माग गरेको विवरण

पोखरा (हाम्रो खेलकुद)-  जिल्ला प्रशासन कार्यालयले अखिल नेपाल फुटबल संघ (एन्फा ) लाई छानविनको लागि माग गरेको विवरण अझै बुझाएको छैन । पछिल्लो समय एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमितता गरेको भन्दै बैंकिङ कसुरको मुद्दा खेपेका समयमा नै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७४ सालमा निर्वाचित कार्य समितिको नामावली सहित आर्थिक पारदर्शिता तथा एन्फा कास्कीको […]

21 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)-  जिल्ला प्रशासन कार्यालयले अखिल नेपाल फुटबल संघ (एन्फा ) लाई छानविनको लागि माग गरेको विवरण अझै बुझाएको छैन ।

पछिल्लो समय एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले आर्थिक अनियमितता गरेको भन्दै बैंकिङ कसुरको मुद्दा खेपेका समयमा नै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७४ सालमा निर्वाचित कार्य समितिको नामावली सहित आर्थिक पारदर्शिता तथा एन्फा कास्कीको गतिविधि सहितको जानकारी माग गरेको हो ।

प्रशासनले चैत ६ गते एन्फा कास्कीलाई पत्राचार गरे पनि १५ दिन वितिसक्दा समेत बुझाएको छैन । प्रशासनले पत्रचारमा लेखेको छ–‘ त्यहाँ फुटबल संघको मिति २०७४ माघ २ गते समपन्न निर्वाचन बाट निर्वाचित कार्यसमितिको नामावली तथा तपशिलमा उल्लेखित बुदाहरुको सन्दर्भमा आवश्य विवरण खुलाई यस कार्यालयमा जानकारी उपलब्ध गराइदिन आदेश अनुसार अनुरोध छ ।’

प्रशासनले १७ बुदे जानकारी माग गरेको छ । दर्ता प्रमाणपत्र, कार्यसमितिको नामावली, हाल सम्म राष्ट्रिय स्तरको फुटबल खेलहरु कति औँ संस्करण सम्पन्न भए, मनकामनम केबलकार पोखरा कप फुटबल प्रतियोगिताको आय व्यय विवरण र सार्वजानिक गरे नगरेको सबै खुलाउन माग गरेको छ ।

त्यो बाहेक विभिन्न प्रतियोगिताको विजेताहरुलाई टिडिएस कट्टा गरि पुरुस्कार राशि उपलब्ध गराएको वा नगराएको तथा बैकिंक कारोबारको बारेमा समेत जानकारी माग गरेको छ ।
मिलन गुरुङ अध्यक्ष भएपछि कुन कुन स्तरका कति खेलहरु सम्पन्न गरको भन्ने विवरण समेत खुलाउन माग गरेको छ ।

‘हामिले विवरण माग गरेको हो त्यो सबै प्राप्त भएको छैन ” स्रोतले बताए । अनुसन्धानको लागि माग गरेको हो,’ स्रोतको भनाइ छ ।

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

Success

Thank you for your time.