default_image

4 years ago

March 3, 2020

गजराज ट्रष्टद्वारा टोखालाई खेल सामग्री

काठमाडौं (हाम्रो खेलकुद)-गजराज ट्रष्टद्वारा टोखालाई खेल सामग्री काठमाडौं टोखास्थित गजराज जोशी ट्रष्टले ‘बी’ डिभिजन क्लब टोखा भगवती क्लबलाई खेल पोशाक प्रदान गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच ट्रष्टका अध्यक्ष एवं क्लबका सल्लाहकार समाजसेवी मनिष राज जोशीले ‘बी’ डिभिजन क्लबका २० खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई करिव २ लाख ५० हजार रकम बराबरको एडिडास र लिनिङका खेल […]

40 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-गजराज ट्रष्टद्वारा टोखालाई खेल सामग्री काठमाडौं टोखास्थित गजराज जोशी ट्रष्टले ‘बी’ डिभिजन क्लब टोखा भगवती क्लबलाई खेल पोशाक प्रदान गरेको छ ।

मंगलबार एक कार्यक्रमकाबीच ट्रष्टका अध्यक्ष एवं क्लबका सल्लाहकार समाजसेवी मनिष राज जोशीले ‘बी’ डिभिजन क्लबका २० खेलाडी, प्रशिक्षक र ब्यवस्थापकलाई करिव २ लाख ५० हजार रकम बराबरको एडिडास र लिनिङका खेल पोशाक हस्तान्तरण गरेका हुन् । गतवर्ष दोश्रो स्थान प्राप्त गरेको टोखा भगवती क्लबले यो सिजन दुई खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ ।

बुधबार आरसिटी संग प्रतिस्पर्धा गर्न लागेको भगवती क्लबका खेलाडीहरुलाई हौशला प्रदान गर्न खेलाडीहरुलाई उक्त पोशाक वितरण गरिएको हो । अध्यक्ष जोशीले खेलाडीहरुले उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्नुपर्ने र क्लब ‘बी’ डिभिजन च्याम्पियन बने खेलाडी, प्रशिक्षक र ब्यवस्थापकका लागि ठुलै प्याकेज प्रदान गर्ने बताए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.