5 years ago
March 4, 2020
दिपक बोहोरा, इलाम
लिग बिजेता सान मिगेल मछिन्द्र क्लब इलाममा जारी छैटौं माइभ्याली गोल्डकप प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
मछिन्द्र क्लबल भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङ ३–० गोलको हराउदै फाइनल प्रबेश गरेको हो । मछिन्द्रको जितमा रेजिन सुब्बाले दुई र अडेलाजा सोमेडे एक गोल गरे ।
लिग बिजेता मछिन्द्रले उपाधिको लागी आर्मी र आयोजक बिचको बिजेता संग प्रतिस्पर्धा गर्ने छ ।
बुधबार इलाम स्थित ठुलो टुडिखेलमा फाइनल प्रबेशका लागी भएकोे खेलमा १९ औं मिनेटमा मच्छिन्द्र क्लबका रेजिन सुब्बाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । डि एरिया नजिकबाट सुब्बाले गरेको शक्तिशालि प्रहार गोल भएको थियो ।
२१ औं मिनेटमा रजिन धिमाल प्रहार गरेको कर्नरमा अडेलाजा सोमेडे गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । ८७ मिनेटमा रेजिन सुब्बाले वान भर्सेज वानको अवस्थामा चलाखिपुर्ण गोल गरे खेल सुरु भए देखिनै खेलमा मछिन्द्रले पकड जमाएको थियो छ ।
मछिन्द्रले मानेभञ्जाङको पोष्टमा निरनतर आक्रमण बुनिरहेको छ । मच्छिन्द्रले बिमल धर्ति मगर, योगेश गुरुङ, रजिन धिमाल देबेन्द्र तामाङ,बिशाल राई ए र बि लगायतलाई मैदानमा उतारेको थियो ।
दोश्रो हाफमा सुधारीएको खेल प्रर्दशन गरे पनि पाहुना टोलीले गोल गर्न सकेन । दोश्रो हाफमा केहि राम्रा मुभहरु बनाए पनि पाहुना टोली मानेभञ्जाङ फुटबल क्लबले गोल गर्न नसक्दा हार्न टार्न सकेन ।
पहिलो हाफको पाँचौ मिनेटमा किपर समेत विट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । देबेन्द्र तामाङ म्यान अफ दि म्याच बने । उनल नगद १० हजार प्राप्त गरे ।
खेलाडीहरुको तालमेल नमिल्दा खेलमा पराजित हुन परेको मानेभञ्जाङ फुटबल क्लबका प्रशिक्षक रेवजि भुटियाले बताए । योजना अनुरुप खेल प्रर्दशन गर्दा सफलता प्राप्त गरेको मच्छिन्द्रका प्रशिक्षक प्रबेश कटुवालले बताए ।
लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्न गर्नेछ । बिहिबार हुने खेल त्रिभुवन आर्मी र माइभ्याली फुटबल क्लब इलाम
December 11, 2024
एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]
December 10, 2024
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]