default_image

5 years ago

March 5, 2020

आर्मीलाई हराउने दाउमा आयोजक

145 views

0 Bookmark

दिपक बोहोरा, इलाम

इलाममा जारी छैटौं संस्करणको माईभ्याली गोल्डकपको दोश्रो सेमीफाईनलमा आज आयोजम माइभ्याली फुटबल क्लब र त्रिभुवन आर्मी फाइनल प्रबेशको लागी प्रतिस्पर्धा गर्दै छन् ।

इलाममा लिगको उपबिजेता समेत रहेको आर्मी यस अघि अर्को ए डिभिजन क्लब संकटा क्लब लाई २– १ ले हराउदै सेमि फाइनलको यात्रा तय गरेको थियो । यता आजोजक माइभ्याली फुटबल क्लबले भारतको मोहम्मडम स्र्पोटिङ क्लबलाई २– १ ले हराउदै यहाँ सम्मको यात्रा तय गरेको थियो ।

आफ्ना ७ जना नियमित खेलाडीहरु राष्ट्रिय टिमको प्रशिक्षणमा रहेकाले दोश्रो रोजाइको टिम लिएर इलाम आएको आर्मी लाई आयोज टिम संग अप्रत्यसित नतिजाको चिन्ता रहेको आर्मीका प्रशिक्षक नबिन न्यौपानेले बताउछन् ।

यता आयोजकले बिभिन्न क्लबका खेलाडीहरु मिश्रणमा टिम निर्माण गरेको छ । जावलाखेलका विशाल तामाङ, फ्रेन्डस क्लबका देव लिम्बु र ब्रिगेड ब्वाइजको शिशिर लेखि लगायतको खेलाडीहरु समेटेर टिम निर्माण गरेको आयोजक आर्मीलाई हराउदै फाइनल प्रबेश गर्ने दाउमा रहेको छ ।

लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

Success

Thank you for your time.