default_image

4 years ago

March 8, 2020

आर्सनलको साँघुरो जित, टोटेनहम रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनले कठिन जित निकाल्दा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । आर्सनले वेस्टह्याममाथि १–० को झिनो जित निकाल्दा टोटेनहमले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेकसान्द्रे लाकाजेट्टीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनल २८ खेलबाट ४० अंक जोडेर […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनले कठिन जित निकाल्दा टोटेनहम हस्टपर बराबरीमा रोकिएको छ । आर्सनले वेस्टह्याममाथि १–० को झिनो जित निकाल्दा टोटेनहमले बर्नलीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

इमिरेट्स स्टेडियममा आर्सनलको जितमा एलेकसान्द्रे लाकाजेट्टीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै आर्सनल २८ खेलबाट ४० अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । वेस्टह्याम २७ अंकसहित १६औं स्थानमा छ ।

खेलभर नै बल पोजेसनमा पकड जमाउदै पाहुना टोलीलाई दवावमा राखेपनि आर्सनलले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
खेलको तेस्रो मिनेटमा नै घरेलु टोली गोल खानबाट बचेको थियो । जारोर्ड बोवेनको प्रहारलाई ग्रानिट जाहाँले गोललाईनबाट क्लियर गर्दै गोल टारेका थिए । १४औं मिनेटमा मेसुट ओजिलको प्रहारलाई वेस्टह्यामका डिफेन्डर एंगेलो ओग्वोग्नाले ब्लक गरिदिए ।

२२औं मिनेटमा ड्यानियल सेवालसको क्रसमा सोक्राटिसले जेरेमी एनगाकियालाई बटि गर्दै दिएको पासमा औवामियाङको हेडर बारमा लागेर फर्कदा आर्सनल अग्रता लिनबाट चुक्यो । ५३औं मिनेटमा इडवार्ड एनकेइटाको प्रहारलाई वेस्टह्यामका गोलरक्षक फाविनास्कीले बचाए । ५८औं मिनेटमा आर्सनलका गोलरक्षक बर्न लेनोले मिचेल एन्टेनियोको प्रहारलाई बचाए ।

७८औं मिनेटमा लाकाजेट्टीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले मेसुट ओजिलको पासमा अफसाइट बिट ट्याप गर्दै गरेको भली प्रहार वेस्टह्यामका गोलरक्षक लुकास फाविनास्कीले रोक्ने कुनै मौका पाएन । ८३औं मिनेटमा बोवेनले सुन्दर अवसर खेर फाल्दा वेस्टह्याम बराबरीबाट चुक्यो ।
अर्काे खेलमा टोटेनहमले एक गोलले पछि परेको स्थिति उल्ट्याएर खेललाई बराबरीमा ल्याउन सफल भयो । १३औं मिनेटमा क्रिस वुडको गोलबाट बर्नलीले खेलमा अग्रता बनाएको थियो । ५०औं मिनेटमा डेल अलीले पेनाल्टीमा बराबरी गोल फर्काए । बराबरीपछि टोटेनहम ४१ अंब जोडेर आठौं स्थानमा रहँदा ३९ अंक जोड्दै बर्नली १०औं स्थानमा छ ।

अन्य नजिता

क्रिस्टल प्यालेसविरुद्ध वाट्फोर्ड (–०)

सेफिल्डविरुद्ध नर्विच (–०)

साउथह्याम्पटनविरुद्ध न्यु क्यासल (०–१)

वल्भ्सविरुद्ध ब्राइटज (०–०)

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.