5 years ago
March 10, 2020
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति प्रि–क्वाटरफाइनलको दोस्रो लेगका दुई खेलहरु हुँदैछ । जर्मन क्लब आरबी लाइप्जिगले घरेलु मैदानमा साविकको उपविजेता इंग्लिस क्लब टोटेनहमको आतिथ्यता गर्दा स्पेनिस क्लब भ्यालेन्सियाले इटालियन क्लब एटलान्टासँग खेल्दैछ ।
दुवै खेल नेपाली समय अनुसार मंगलबार राथि १ः४५ बजे हुनेछ । घरेलु मैदानमा १–० को नतिजा सुम्पिएको टोटेनहम आरबी लाइप्जिगलाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने दाउँमा हुनेछ । रेडबुल एरिनामा खेल्ने टोटेनहम पहिलो इंग्लिस क्लब बन्नेछ । जर्मनी प्रतिद्द्वन्द्वीविरुद्ध अवे खेलमा टोटेनहमले पछिल्लो पाँच खेलमा एक मात्रै हार बेहोरेको छ । यसै सिजन टोटेनहम बायर्नसँग अवे मैदानमा ३–१ ले पराजित भएको थियो ।
आरबीविरुद्ध जित निकाल्न नसके साविकको उपविजेता टोटेनहम प्रि–क्वाटरफाइनलबाटै बाहिरिने छ । यस्तो अवस्थामा टोटेनहमलाई अघि बढ्न कम्तीमा पनि २–० को जित आवश्यक छ । गोलरहित बराबरीमा खेल टुंगिए टोटेनहमलाई अवे गोल महँगो पर्न सक्नेछ । १–० को जितमा आशा जीवितै हुनेछ ।
फरवार्ड ह्यारी केन, सन ह्युङ मिन लगायत मुख्य खेलाडीहरु घाइते हुँदा टोटेनहमले पछिल्लो खेलमा राम्रो खेल्न सकेको छैन । त्यसैले टोटेनहमले सम्हालिएर खेल्दै आरबीविरुद्ध जित निकाल्ने दाउमा हुनेछ । यता, घरेलु टोली आरबी लाइप्जिग पाहुना टोलीलाई पराजित गर्दै क्वाटरफाइनल पुग्ने दाउँमा हुनेछ । लाइप्जिगलाई बराबरी नै अर्काे चरण पुग्न पर्याप्त हुनेछ ।
यस्तै अर्काे खेलमा भ्यालेन्सियाले इटालियन क्लब एटलान्टाको सामना गर्दैछ । पहिलो लेगमा ४–१ हार भोगेको भ्यालेन्सिया उत्कृष्ट प्रर्दशन गर्दै क्वाटरफाइनल पुग्ने दाउमा हुनेछ । भ्यालेन्सियालाई क्वाटरफाइनल प्रवेश गर्न कम्तीमा पनि ३–० को जित आवश्यक छ । २–० को जितले पनि भ्यालेन्सिया अघि बढ्न सक्ने छैन । यता, एटलान्टाले अघिल्लो चरण प्रवेश गर्न २–० को हार या बराबरी नै पर्याप्त हुने छ । ३–० को हारले भने अवे गोलमा एटलान्टा बाहिरिने छ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]