5 years ago
March 11, 2020
झापा (हाम्रो खेलकुद) – ताप्लेजुङको कर्णसिं सोनम एफसीले प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता उपाधि रक्षाका लागि कनकाई नगर खेलकुद विकास समिति झापासँग प्रतिस्पर्धा गर्नेछ ।
धनकुटा जिल्ला फुटबल संघलाई बुधबार २–० गोलले हराउँदै कर्णसिं ताप्लेजुङले कनकाईसँग फाइनल भेट पक्का गरेको हो । फाइनल यात्रासँगै साविक विजेता ताप्लेजुङले कम्तिमा नगद ७५ हजार सुरक्षित गर्यो । पहिलो र दोस्रो हाफमा एक एक गोल गर्दै ताप्लेजुङले फाइनल यात्रा तय गरेको थियो ।
खेलको १५औँ मिनेटमा सुनकला राईले हेडमार्फत गोल गर्दै ताप्लेजुङलाई अग्रता दिलाएकी थिइन् । सुनकलाको हेडरलाई क्लियर गर्ने क्रममा धनकुटाकी विनिता लिम्बुबाट हेड फ्लिक भएको थियो । रोमाञ्चक खेलमा ताप्लेजुङले खेलको ५७औँ मिनेटमा युकी गुरुङले थप गोल गरेर जीत सुनिश्चित गरिन् । धनकुटाकी गोलरक्षक सुस्मिता राईको हातबाट फुत्किएको बललाई युकीले गोलपोस्टको दिशा दिएकी थिइन् ।
खेलको वुमन अफ दी म्याच ताप्लेजुङकी सुनकला राई घोषित भइन् । उनलाई प्रदेश १ का सांसद अर्जुन राई र अर्जुनधारा नगर पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राईले ३ हजार रुपैयाँ प्रदान गरे । त्यस्तै, खेलमा पहिलो गोल गर्ने सुनकलालाई स्थानीय शिवलाल गिरीले एक हजार रुपैयाँ दिए ।
महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा गरिएको यस प्रतियोगिता १ नम्बर प्रदेशमै सर्वाधिक राशिको हो । गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ ।
गोल्डकपको विजेताले नगद १ लाख २५ हजार र दोस्रो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्डले समान ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १२ हजार र फेयर प्ले टोलीले १० हजार रुपैयाँ पाउनेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]