5 years ago
March 20, 2020
पोखरा (हाम्रो खेलकुद) – पोखरा रंगशाला परिसरमा विगत ४ महिना देखि अलपत्र रुपमा रहेको अभ्यास फुटबल मैदानको बजेट कटौती हुने भएको छ । पोखरा रंगशालामा निमार्ण गर्दागर्दै ९० लाखको योजना परेको अभ्यास मैदान चार महिना देखि अलपत्र अवस्थामा छाडिएको छ ।
डिसेम्बर १ देखि १० सम्म संचालन भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को समयमा निकै तीव्र रुपमा काम भएको अभ्यास मैदान साग सकिए लगत्तै अलपत्र परेको हो । ९० लाख रुपैयाँ योजना परेको मैदानको लागि ३० लाख रकम विनियोजन भइसकेको छ । तर बाँकी ६० लाख भने राष्ट्रिय खेलकुद परिषद्ले (राखेप) कटौती गरेको हो । राखेपले बाँकी काम सहयोगको भरमा गर्न लागेको हो । सागको समयमा देखावटी रुपमा ९० लाखको योजना पारिएपनि पछि गएर रकम कटौती गरिएको हो । ३० लाखको काममा मैदानको लागि चारै तिर लेभलको लागि डिविसी गरिएको छ ।
‘अब हामीले अभ्यास मैदानको लागि रकम खर्च गर्दैनौं । यो मैदान निशुल्क निमार्ण गर्नेछौं,’ राखेप सदस्य सचिव रमेश शिलवालले भने, ‘मैदान निमार्ण अलपत्र परेको होइन । माटो भर्ने काम बाकिँ रहेको हो । त्यसका लागि हामीलाई एक कम्पनीले माटो नि:शुल्क दिन लागेको छ भने टिपर र डोजर पोखरा महानगरले सहयोग गर्ने छ ।’
हाल मैदान भने अहिले अलपत्र अवस्थामा छाडिएको छ । उक्त मैदानको काम एक महिना भित्र सम्पन्न हुने सिलवालले बताए । मैदानको लागि माटो, टिपर र डोजर सहयोग आएपनि तेल खर्चभने राखेपले बेहोर्ने राखेप सदस्य राजेश गुरुङले बताए । ‘हामीले बाँकी ६० लाख बराबरको काम नि:शुल्क गर्नेछौं । यो मैदान तयार हुनेछ, ‘सदस्य गुरुङले भने ।
रकम आउने आशामा छ क्षेत्रीय खेलकुद समिति
‘सागको समय तीव्र गतिमा हामीलाई ३० लाख विनियोजित भएको छ । बाँकी रकम निकाशा भएपछि काम अघि बढ्छ । रकम निकासा नहुँदा समस्या परेको छ । हामीले यसका पहल गरिरहेका छौं,’ पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगिले भने । रकम सुनिश्चित नभएको कारणले मैदानको निर्माण कार्य अघि नबढेको योगीले जानकारी दिए ।
रकम निकासाको लागि सदस्य सचिवले चिन्ता नलिन बताउँदै काम अघि बढाउन आग्रह गरेको उनले बताए । तर सदस्य सचिव सिलवालले भने रकम खर्च नगर्ने बताए । पोखराको पुर्वाधार विकासको लागि राखेप र क्षेत्रीय खेलकुद विकास समिति विच नै फरक धारणा देखिएको छ । ९० लाखको योजना कटौती हुनु सामान्य कुरा भने होइन । रकम खर्च गरी दिर्घकालीन बनाउनु र सहयोगमा भर पर्दा निमार्ण स्तरबारे प्रश्न खडा हुन्छ । योजनामा परिसकेको मैदानको रकम कटौतीले भने अखिल नेपाल फुटबल संघ (एन्फा) लाई चुनौती देखिन्छ ।
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]
December 12, 2024
एजेन्सी – बार्सिलोना च्याम्पियन्स लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो । डर्टमन्ड […]