default_image

5 years ago

March 24, 2020

स्पेनमा फुटबल अनिश्चितकालका लागि ठप्प

95 views

0 Bookmark

एजेन्सी – स्पेन सरकारले सुचना प्राप्त नहुँदासम्मका लागि देशमा सबै फुटबल गतिविधि बन्द भएको छ । ला लिगा र स्पेनिस फुटबल महासंघ (आरएफइएफ) ले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सरकारबाट सुचना प्राप्त नभएसम्म फुटबल पुनः सुरु नहुने जनाएको छ ।

कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी संक्रमणले यति बेला खेलकुदलगायत अधिकांश गतिविधि बन्द छन् । स्पेन पनि कोरोनाको असर परेको छ । अहिले पनि फुटबल गतिविधि ठप्प छ । तर दुवै संस्थाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै औपचारिक रुपमै सबै गतिविधि बन्द रहेन प्रष्ट पारेका छन् ।

‘अनुगमन निकायसँगको सहकार्यमा सबै व्यवासयिक फुटबल गतिविधि स्थगित गर्ने सहमति भएको छ । जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै यो निर्णय लिनु परेको हो । सरकारले अवस्था सामान्य भएको सुचना नदिदा सम्मका लागि गतिविधि रोकिनेछ’, विज्ञप्तीमा भनिएको छ ।

December 11, 2024

च्याम्पियनसिप लिगमा लिभरपुल र रियलको जित

एजेन्सी – साविक विजेता रियल म्याड्रिड, बार्यन म्युनिख, लिभरपुलले च्याम्पियन्सिप लिगमा मंगलवार जित निकालेका छन् । रियलले अटलान्टालाई ३-२ ले पराजित गर्यो । बार्यनले शख्तर डोनेस्कलाई ५-१ ले हरायो। शीर्ष स्थानकोलिभरपुलले जिरोनालाई १-० ले पराजित गर्यो। १० औं मिनेटमा केलियन एम्बाप्पेको गोलबाट रियलले अग्रता लियो। च्याम्पियन्स लिगमा एमबाप्पेको त्यो ५० औं गोल हो। तर पहिलो […]

December 10, 2024

आहा! रारा पोखरा गोल्ड कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबको आयोजनामा हुने २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । पोखरा रंगशालामा माघ २२ गतेदेखि फागुन ३ गते सम्म आहा रारा पोखरा गोल्ड कपको‌ प्रत्यक्ष प्रसारणका लागि सहारा र खेलकुदको अनलाइन पोर्टल हाम्रो खेलकुदबीच सम्झौता भएको क्लबका महासचिव रामजी प्रसाद अधिकारीले […]

December 10, 2024

एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला सुपर लिग अर्को महिना सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारी र सुपर लिग खेल्ने ५ टोलीका प्रतिनिधिबीच मंगलवार भएको संयुक्त बैठकले पुस १८ देखि माघ १६ गतेसम्म सुपर लिग गर्ने निर्णय भएको एन्फाले जनाएको छ। यसअघि भएको महिला लिगको शीर्ष ५ रहेका मध्ये पाँचौं स्थानमा रहेको […]

Success

Thank you for your time.