default_image

4 years ago

March 25, 2020

‘सिजनको अन्त्यअघि फुटबल सुरु हुन कठिन’

एजेन्सी – इटाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान फावियो कानाभारो युरोपियन फुटबल सिजन सकिनुअघि फुटबल पुरानै अवस्थामा सञ्चालन हुन कठिन रहेको बताएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्व भर असर पारेकाले विश्वको फुटबल गतिविधि ठप्प छ । चिनिया क्लब गोन्जाउ एभरग्रान्डेका प्रशिक्षक कानाभारोले युरोपका घरेलु फुटबल पुनः सञ्चालन हुनका लागि निकै समय […]

21 views

0 Bookmark

एजेन्सी – इटाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान फावियो कानाभारो युरोपियन फुटबल सिजन सकिनुअघि फुटबल पुरानै अवस्थामा सञ्चालन हुन कठिन रहेको बताएका छन् । कोरोना भाइरस कोभिड १९ को महामारीले विश्व भर असर पारेकाले विश्वको फुटबल गतिविधि ठप्प छ ।

चिनिया क्लब गोन्जाउ एभरग्रान्डेका प्रशिक्षक कानाभारोले युरोपका घरेलु फुटबल पुनः सञ्चालन हुनका लागि निकै समय लाग्न सक्ने अनुमान गरे । ‘अबको महिना दिनमा विश्वमा के हुन्छ भन्न सकिने अवस्था छैन । मलाई लाग्छ इटाली र स्पेनामा यो कोरोनोको असर लामो समय सम्म पर्न सक्छ ,’ उनले भने, ‘त्यसैले यो सिजनको अन्त्य (मे महिना ) अघि युरोपियन फुटबल पुरानै अवस्थामा आउन कठिन छ । ‘

चीनमा कोरानाको अवस्थाका बारेमा उनले भने, ‘गोन्जाउमा यसको अवस्था नियन्त्रणमा छ । जन जीवन सामान्य अवस्थामा फर्कने अवस्थामा छ । १४ दिन घरमा बस्ने बाहेक अरु कुनै बाधा छैन । दुई दिन अघि मात्र मेरो पनि क्वारेन्टाइन बसाई सकिएको हो । जो पनि घर बाहिरबाट घर फर्कनु भएको छ सबैले यो अपनाउनु पर्नेछ ।’

घरमा बस्नु यो संक्रमण लाग्न नदिन र लागि हाले पनि फैलन नदिने सबै भन्दा उत्तम विकल्प भएको कानाभारो बताएका छन् । उनले थपे, ‘यस्तो कठिन अवस्थामा के गर्ने भन्ने चीनबाट सिक्नुपर्दछ । चीनसँग यसको राम्रो अनुभव छ ।’ विश्व भर ४ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १७ हजार बढीको मृत्यु भइसकेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.