default_image

4 years ago

March 27, 2020

बायर्नमै रहने गोलरक्षक निउरको चाहना

एजेन्सी – जर्मनी तथा जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक म्यानुयल निउरले आफु लामो समय बायर्न म्युनिखमै रहन चाहेको बताएका छन् । ३३ वर्षीय निउरको सम्झौता २०२१ सम्म रहेको छ । तर, क्लबले निउरलाई लामो समयको लागि सम्झौता गर्न आनाकानी गर्दा उनको भविष्य अन्योल बनेको छ । क्लबले निउरसँगको सम्झौता त्यसपछि नै अन्त्य गर्न सक्नेछ […]

28 views

0 Bookmark

एजेन्सी – जर्मनी तथा जर्मन क्लब बायर्न म्युनिखका भेट्रान गोलरक्षक म्यानुयल निउरले आफु लामो समय बायर्न म्युनिखमै रहन चाहेको बताएका छन् ।

३३ वर्षीय निउरको सम्झौता २०२१ सम्म रहेको छ । तर, क्लबले निउरलाई लामो समयको लागि सम्झौता गर्न आनाकानी गर्दा उनको भविष्य अन्योल बनेको छ । क्लबले निउरसँगको सम्झौता त्यसपछि नै अन्त्य गर्न सक्नेछ ।

बिल्डका अनुसार निउरले भने क्लबमा लामो समयको लागि बस्ने मनासय बनाएको र क्लबले सम्झौता थप्नेमा आशावादी छन् । तर, क्लबसँगको संवाद असफल हुने अनुमान गरिएको छ । निउरले बायर्नमा झन्डै एक दशक बिताइसकेको छ ।

२०१४ को विश्वविजेता निउर २०११ मा साल्केबाट बायर्नमा आएका थिए । उनले बायर्नबाट २४१ खेल खेलेका छन् । निउरले बायर्नबाट ७ बुन्डेस लिगा, ४–४ पटक डिएफवी पोकल र सुपरकप, समान एकपटक युइएफए च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब वल्डकप जितेका छन् ।

बायर्नले निउरकै विकल्पमा साल्केबाटै एलेक्सन्डर नुवेललाई अनुबन्ध गरिसकेको छ । उनी आउदो समरबाट बायर्नमा हुनेछन् । नुवेलले पाडेरवर्नको युथ टोलीबाट आफ्नो प्रतिभा निखारेका थिए । उनलाई क्लबले निउरको उत्तराधिकारीको रुपमा लिइसकेको छ । त्यसैले पनि बायर्नले निउरको बारेमा कठिन निर्णय लिन सक्नेछ ।

पाडेरवर्नमा नका सहयात्रीले नुवेललाई निउरको उपनाम दिइसकेका छन् । २३ वर्षीय नुवेलले साल्केका लासग यो सिजन २० खेल खेलिसकेका छन् । उनले जर्मनीको यु–२१ टोलीबाट पनि खेलिसकेका छन् ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.