default_image

4 years ago

March 27, 2020

बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित !

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्याटलान क्लब बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको छ । क्लबले कोरोना भाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्ने भएपछि केही खेलाडीहरु आफ्नो पारिश्रमिक कटौतीमा खुशी रहँदा केही खेलाडीहरु भने यसको विपक्षमा उभिएपछि ‘ड्रेसिङ रुम’ नै विभाजित बन्न पुगेको हो । राम्रो पारिश्रमिक लिने खेलाडीहरु तलव कटौतीमा खुशी […]

33 views

0 Bookmark

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण क्याटलान क्लब बार्सिलोनाको ‘ड्रेसिङ रुम’ विभाजित बनेको छ । क्लबले कोरोना भाइरसका कारण खेलाडीको पारिश्रमिक कटौती गर्ने भएपछि केही खेलाडीहरु आफ्नो पारिश्रमिक कटौतीमा खुशी रहँदा केही खेलाडीहरु भने यसको विपक्षमा उभिएपछि ‘ड्रेसिङ रुम’ नै विभाजित बन्न पुगेको हो ।

राम्रो पारिश्रमिक लिने खेलाडीहरु तलव कटौतीमा खुशी रहेपनि कम पारिश्रमिक लिने खेलाडीहरुले आफैलाई संकट पर्न सक्ने भन्दै क्लबको यो निर्णयलाई अस्वीकार गर्ने पक्षमा रहेका छन् । कोरोनाको विपद अझै जारी रहँदा विश्व फुटबल नै स्थगित छ । बार्सिलोनाले सिजन अघि नै क्लबको बजेटको अनुमान गरेको थियो । तर, सिजन लम्विने भएसँगै क्लबको लगानी पनि बढ्ने पक्का छ । त्यसैले पनि बार्सिलोनाले खेलाडीको पारिश्रमिक कटौती गर्ने निर्णय गरेको थियो ।

क्लबका निर्देशक र खेलाडीबीचको गत शुक्रबारको बैठकमा खेलाडीको पारिश्रमिक कटौती गर्ने सम्भावनाबारे छलफल भएको र यसमा खेलाडीहरुले अस्वीकार गरेको बुझिएको छ । बार्सिलोनामा तीन समूहका खेलाडी छन् । बार्सिलोनाले पहिलो रोजाईका खेलाडीलाई ७० प्रतिशत भन्दा दिनुपर्ने हुन्छ । विभिन्न खेलकुद टोलीलाई ५९३ मिलियन पाउन्डभन्दा बढी तिर्नुपर्ने हुन्छ । जसमा ४६८ मिलियन पाउन्ड फुटबल खेलाडीकै लागि खर्च हुने क्लबले जनाएको छ ।

क्लबले यो अवस्थामा कम पारिश्रमिक दिने उपाय खोजिरहेको छ । क्लबले यो अवस्थामा खेलाडीहरुले सहमत हुनेमा विश्वास लिएको छ । तर, यो विषयमा फुटबल कसरी अघि बढाउने भन्ने बारे अहिले ‘ड्रेसिङ रुम’ तीन समूहमा विभाजित छ । पहिलो त यो प्रस्तावमै विवाद शुरु भएको छ । फुटबल नभएको अवस्थामा खेलाडीहरुले १० प्रतिशत पारिश्रमिक दिनुपर्ने शर्त छ । केही खेलाडी यसलाई मान्न तयार छैनन् ।

खेल रोकिएपछि बार्सिलोनाको कमाईमा पनि गिरावाट आएाको छ । क्लबको आमदानीको स्रोत मुख्य प्रायोजकसँगै टिकट बिक्री, म्युजियम भ्रमण र टिसर्ट बिक्री नै हो । तर, यो सबै अहिले रोकिएको छ । प्रायोजकले भुक्तानीसमेत रोक्न सक्ने छ ।

बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले क्याटलान क्षेत्रमा कोरोना रोकथामको लागि १ मिलियन युरो सहयोग गरेका छन् । बार्सिलोनाकै पुवै प्रशिक्षक पेप ग्वार्डिओलाले पनि १ मिलियन युरो नै सहयोग गरेका छन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.