default_image

4 years ago

March 27, 2020

रोनाल्डोको चर्को आलोचना

एजेन्सी – युभेन्ट्सका पूर्व अध्यक्ष जियोभानी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको व्यवहारको आलोचना गरेका छन् । केहि दिन अघि पोर्चुगलमा रोनाल्डोले स्विमिङ पुलमा फोटो सुट गरेका थिए । आमा बिरामी भएपछि उनी इटालीबाट पोर्चुगल गएका थिए । तर, रोनाल्डो जुन कारणले पोर्चुगल भएको भएपनि पूर्व अध्यक्ष गिग्ली उनको व्यवहारमा असन्तुष्ट देखिएका छन् । रोनाल्डोले जति बेला […]

63 views

0 Bookmark

एजेन्सी – युभेन्ट्सका पूर्व अध्यक्ष जियोभानी कोबोली गिग्लीले क्रिस्टियानो रोनाल्डोको व्यवहारको आलोचना गरेका छन् । केहि दिन अघि पोर्चुगलमा रोनाल्डोले स्विमिङ पुलमा फोटो सुट गरेका थिए । आमा बिरामी भएपछि उनी इटालीबाट पोर्चुगल गएका थिए ।

तर, रोनाल्डो जुन कारणले पोर्चुगल भएको भएपनि पूर्व अध्यक्ष गिग्ली उनको व्यवहारमा असन्तुष्ट देखिएका छन् । रोनाल्डोले जति बेला देश छाडे त्यो बेला युभेन्ट्स कठिन परिस्थितिमा थियो । उनले आमा बिरामी भएका कारण पोर्चुगल जानु परेको बताएका थिए । तर अहिले उनी स्विमिङ पुलमा फोटो खिचिरहेको देखिन्छन् ।

उनका लागि मात्र फरक व्यवहार गरिएको गिग्लीको भनाई छ । ‘हो यति बेला सबै देश छाडेर जान चाहन्छन् । तर त्यसरी हुँदैन’, उनले भने, ‘सबैले क्वारेन्टाइनमा बस्नुपर्दछ ।’ ७५ वर्षे पूर्व अध्यक्ष रोनाल्डोका लागि मात्र मस्तीको माहोल दिएकोमा क्लबमाथि प्रश्न गरेका छन् ।

‘आलोचना गर्न सहज छ । किन खेलाडी इटालीबाट फर्कन चाहन्छन् बाहिरबाट हेर्दा मैले बुझेको छैन , ‘उनले थपे, ‘जति बेला उनी फर्कन्छन् त्यो बेला झन् कठिन हुनेछ । त्यतिबेला पनि उनीहरुले अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । ‘

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.