default_image

4 years ago

March 29, 2020

आमा र बहिनीहरुसँग समय बिताउँदै रोनाल्डो

एजेन्सी – कोरोना भाइरस कोडिभ १९ को असरले विश्वभर फुटबल लगभग ठप्प छ । युरोपका अधिकांश लिग अनिश्चितकालका लागि स्थगित भएको छ । यो समयमा अधिकांश खेलाडी आइसोलेसनमा छन् । यस्तो समयमा उनीहरु पनि घरमा व्यक्तिगत रुपमा अभ्यासमा जुटेका छन् । पोर्चुगल र युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परिवारका साथमा अफ्रिकाको व्यक्तिगत आइल्यान्डमा रहेका छन् […]

35 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस कोडिभ १९ को असरले विश्वभर फुटबल लगभग ठप्प छ । युरोपका अधिकांश लिग अनिश्चितकालका लागि स्थगित भएको छ । यो समयमा अधिकांश खेलाडी आइसोलेसनमा छन् । यस्तो समयमा उनीहरु पनि घरमा व्यक्तिगत रुपमा अभ्यासमा जुटेका छन् ।

पोर्चुगल र युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डो पनि परिवारका साथमा अफ्रिकाको व्यक्तिगत आइल्यान्डमा रहेका छन् । ३५ वर्षे रोनाल्डोले यति बेला आफ्नो परिवारलाई समय दिइरहेका छन् । विशेष उनकी आमा गत सातामात्र अस्पतालबाट डिसचार्ज भइकी थिइन् । हृदयघातका कारण रोनाल्डोकी आमा डोलोस एभेरोलाई अस्पताल राखिएको थियो । गत साता शनिबार उनी घर फर्केकी थिइन् ।

त्यसपछि रोनाल्डोले आमासँगको तस्बिर इन्स्टाग्राममा अपलोड गरेका थिए । उनले लेखेका थिए, ‘आमा घरमा फर्कनुभएको छ र ठिक हुने क्रममा हुनुहुन्छ । सबैले आफ्नो परिवारको ख्याल राखौं र माया गरौं ।’ रोनाल्डाले आामा, बहिनीहरु इल्मा र काटिया एभेरोसँग अभ्यास मेसिनको अगाडि तस्बिर खिचएका थिए ।

रोनाल्डो कहिले इटाली फर्कन्छन् यकि छैन । कारण इटाली कोराना भाइरसबाट सबैभन्दा प्रभावित देश हो । जहाँ १० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । रोनाल्डोकै युभेन्ट्स सहकर्मी पाब्लो डेबाला, ब्लेस मातुइडी र डानिली रुगानीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.