default_image

4 years ago

March 29, 2020

रियलको नजरमा कामाभिंगा

एजेन्सी – पाँच महिना अघि रियल म्याड्रिडको नेतृत्वले भविष्यमा क्लबमा आवद्ध गराउन प्राथमिकतामा राख्ने गरि दुई खेलाडीको नाम तय गरेको थियो । जसमा रिनेर जिसस र अर्को इडुरार्डो कामाभिंगा रहेका थिए । ब्राजिलियन जिसस जनवरी २० मै रियलमा आवद्ध भइसकेका छन् । कामाभिंगा पनि ब्राजिलयकै पथमा रियलमा आवद्ध हुने सम्भावना रहेको बताएको छ । यदि […]

38 views

0 Bookmark

एजेन्सी – पाँच महिना अघि रियल म्याड्रिडको नेतृत्वले भविष्यमा क्लबमा आवद्ध गराउन प्राथमिकतामा राख्ने गरि दुई खेलाडीको नाम तय गरेको थियो । जसमा रिनेर जिसस र अर्को इडुरार्डो कामाभिंगा रहेका थिए ।

ब्राजिलियन जिसस जनवरी २० मै रियलमा आवद्ध भइसकेका छन् । कामाभिंगा पनि ब्राजिलयकै पथमा रियलमा आवद्ध हुने सम्भावना रहेको बताएको छ । यदि कामाभिंगा रियलमा आबद्ध भए भने उनी सिधै सिरियर टोलीमै पर्ने सम्भावना रहेको बताइन्छ । कासिमिरोलाई साथ दिनका लागि त्यो कदम उपयुक्त हुन सक्नेछ ।

तर युवा खेलाडीका लागि एउटा प्रश्न भने खडा हुन सक्दछ । १७ वर्षको खेलाडी के क्लबको त्यस्तो माग पुरा गर्न सक्षम हुन्छन् । यसलाई पहिलो प्रश्नका रुपमा हेरिएको छ । अर्को रियलका प्रशिक्षक जिनेदिन जिदानले यो उमेरमा उनलाई विश्वास गर्लान् ?

त्योसँगै तेस्रो प्रश्न पनि खडा हुन्छ । के जिदान अर्को सिजन रियलको प्रशिक्षकका रुपमा रहलान् ? त्यसका लागि रियलले यो सिजनको अन्त्य कसरी गर्छ भन्नेमा निर्भर गर्नेछ । जिदानको विकल्पका रुपमा माउरिसियो पोचिटिनोलाई हेरिएको छ ।

पहिलो प्रश्नमा फर्कौ जुनी कालाफाटको भनाई मान्ने हो भने कामाभिंगामाथि लामो समय देखि युरोपका क्लबहरुले चासो राखिरहेका छन् । उनी व्यावसायिक फुटबलका लागि तयार रहेको कालाफाटको भनाई छ । कालाफाटले कामाभिंगालाई १४ वर्ष उमेरदेखि पछ्याइरहेका छन् ।

रियलको प्राथमिकतामा रहेको शारीरिक क्षमता, टेक्निकल र मैदानको धेरै भागमा पुग्न कामाभिंगा सक्षम रहेको बताइएको छ । रियलले ५० मिलियनमा आसपासमा क्लबमा भित्राउने योजना राखेको बताइएको छ । तर अहिलेको अवस्थामा फुटबलमा यस्तै हुन्छ भन्ने अवस्था छैन ।

कोरोना भाइरस कोभिड १९ को विश्वव्यापी असरका कारण युरोपका सबै फुटबल गतिविधि ठप्प छ । फुटबल सुचारु भएपछि खेलाडी सरुवाका विषयमा युइएफए र फिफाले कस्तो नियम ल्याउने छ त्यसमा पनि भर पर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.