default_image

4 years ago

March 29, 2020

‘लकडाउन’ तोडेरै सेल्टाका सिस्टो स्पेनबाट डेनमार्कमा

एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका छन् । पछिल्लो समय स्पेनको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव बढ्दै गएपछि स्पेन सरकारले स्पेनलाई लकडाउन गरेको थियो ।   सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै १८६४ माइल दुरी पार गर्दै डेनमार्क पुगेका […]

34 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब सेल्टा डि भिगोका विंगर पियोन सिस्टो स्पेनको लकडाउन नीति तोड्दै आफ्नो देश डेनमार्क पुगेका छन् । पछिल्लो समय स्पेनको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव बढ्दै गएपछि स्पेन सरकारले स्पेनलाई लकडाउन गरेको थियो ।

 

सबै खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहँदा सिस्टोले स्पेनको लकडाउन नीति तोड्दै १८६४ माइल दुरी पार गर्दै डेनमार्क पुगेका हुन् । उनले डेनमार्क जानुअघि आन्तरिक समस्या समाधानका लागि क्लबलाई जानकारी गराएको बुझिएको छ । कोप भिगोका अनुसार उनले २६ घन्टाको लामो कार यात्रामा डेनमार्क पुगेको बुझिएको छ । अब उनी अर्काे १५ दिन डेनमार्कमै क्वारेन्टाइनमा हुनेछ । क्लबले यो विषय आन्तरिक रुपमा समाधान हुने बताएका छन् ।

२५ वर्षीय सिस्टोले यो सिजन १९ खेलमा दुई गोल गरेका छन् । २०१५ देखि डेनमार्क टोलीमा रहेका सिस्टोले २१ खेलमा १ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।  विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विव् खेलकुद ठप्प छ । स्पेनिस ला लिगा ३० अप्रिलसम्म स्थगित गरिएको छ । सेल्टा डि भिगो २७ अंक जोडेर रेलिगेसन जोनभन्दा १ स्थान माथि छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.