default_image

9 years ago

July 29, 2016

स्वाइन्सटाइगरले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

153 views

0 Bookmark

बर्लिन (एजेन्सी) – जर्मनी कप्तान बास्टियन स्वाइन्सटाइगरले तत्काल लागु हुनेगरि शुक्रबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । जर्मनीका लागि १ सय २० खेलेका उनको अन्तिम खेल युरो २०१६ को फ्रान्सविरुद्ध २–० गुमाएको सेमिफाइनल रह्यो ।
schweinsteiger retires from international football
म्यानचेस्टर युनाइटेडका ३१ बर्षे मिडफिल्डरले ट्वीटरमार्फत सन्यासको घोषणा गरेका हुन् । स्वाइन्सटाइगरले सन्यासको लागि यो उपयुक्त समय भएको बताएका छन् । जर्मनीले सन् २०१८ को विश्वकप छनोटको पहिलो खेलअघि नर्वेविरुद्ध सेप्टेम्बर ९ मा खेल्दैछ । ‘मैले राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लोउलाई सन्यासको जानकारी गराए,’ स्वाइन्सटाइगरले ट्वीट गरेका छन्,‘म समर्थक, टोली, जर्मन फुटबल संघ र प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु । राष्ट्रिय टोलीबाट मैले १ सय २० खेल्दाको क्षणलाई म शब्दमा बयान गर्न सक्दिन ।’
जर्मनीका लागि ब्राजिलको रियामा २०१४ मा विश्वकप जित्नु खेल जीवनकै अविस्मणीय क्षण भएको उनले बताएका छन् । जर्मनीले अर्जेन्टिनालाई १–० ले हराउँदै चौथो पटक विश्वकप जितेको थियो ।’

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.