default_image

5 years ago

March 30, 2020

‘म्याराडोनाभन्दा मेस्सी उत्कृष्ट, मेस्सीभन्दा रोनाल्डो’

127 views

0 Bookmark

एजेन्सी – इटालीको राष्ट्रिय टोली तथा स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फरवार्ड एन्टेनियो कसानोले म्याराडोनाभन्दा लियोनेल मेस्सी विश्वको सर्वश्रेष्ठ खेलाडी रहेको बताएका छन् । 

कसानोले इटालियन पत्रिकासँगको कुराकानीका क्रममा मेस्सीले म्याराडोनालाई सबै किसिमबाट पछि पारेको बताएका हुन् । ‘मेस्सीले आफ्नो १५ वर्षे व्यवसायिक करियरमा बार्सिलोनाबाट सबै थोक जितेका छन् । तर, एउटै कुरा उनले आफ्नो टोली अर्जेन्टिनालाई विश्वकप जिताउन सकेको छैनन् । तर, पनि खेल र प्रदर्शनको हिसाबले मेस्सी राम्रा खेलाडी हुन्,’ ३७ वर्षे कसानोले भने ।

‘म्याराडोनाले ४ देखि ५ वर्ष भन्दा बढी एकै क्लबबाट खेलेनन् । तर, मेस्सीले १५ वर्षसम्म उही स्तरमा खेल्दै आफुलाई विशवमा उत्कृष्ट रहेको प्रमाणित गरिरहेका छन् । यसलाई म्याराडोना फ्यानले स्वीकार्नुपर्ने हुन्छ ।’

मेस्सीले बार्सिलोनाका लागि ७१० गोल गर्दा ३०० असिस्ट दिएका छन् । मेस्सीले बार्सिलोना एकै क्लबबाट १० स्पेनिस ला लिगा, ६ स्पेनिस सुपर कप र ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । तर, मेस्सीले आफ्नो देश अर्जेन्टिनालाई कुनै पनि ठुलो प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन् । मेस्सीको कप्तानीमा अर्जेन्टिना दुईपटक कोपा अमेरिका कपको फाइनलमा तथा एक पटक विश्वकपको फाइनलमा चुकेको छ ।

यता, म्याराडोनाले भने १९८६ मा विश्वकप जिताए । २०१४ को विश्वकपमा अर्जेन्टिना जर्मनीसँग १–० ले पराजित भएको थियो । ३२ वर्षीय मेस्सीलाई अब एउटै चुनौतीको रुपमा विश्वकप या कोपा अमेरिका कपको उपाधि दिलाउनु रहेको कसानोले सुनाए ।

कसानोले मेस्सी म्याराडोनाभन्दा उत्कृष्ट रहेपनि आफ्ना पूर्व सहयात्री ब्राजिली रोनाल्डो अझ उत्कृष्ट रहेको बताएका छन् । ‘मलाई एक खेल याद छ जब पुरै रंगशाला रोनाल्डोको समर्थनमा गुन्जिएको थियो । हामी घरेलु मैदानमा १–० ले पछि थियौं । प्रशिक्षकले रोनाल्डोलाई निकाल्ने तयारी गरिरहँदा रोनाल्डो आफैंले १५ मिनेट कुर्नुस् मैले दुई गोल गरिन भने मलाई निकाल्नुुस,’ कसानोले सुनाए, ‘१५ मिनेटपछि रोनाल्डोले नभन्दै २ गोल गर्दै आफ्नो टोलीलाई जिताए । मैले भने कि, त्यहाँ फुटबलका भगवान छन् भने त्यो रोनाल्डो हो । त्यसपछि मेस्सी ।’

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

December 12, 2024

एनएसएलको तेस्रो संस्करण चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको‌ अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल‌ आयोजनाको अनुमतिपत्र […]

December 12, 2024

फुटबलर अमिशा र गीता नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको संयोजकमा नेपाली राष्ट्रिय महिला टोलीका स्ट्राइकर अमिशा कार्की र डिफेन्डर गीता राणालाई नगद सहित सम्मानित भएका छन्। सेजल आईटी क्यालिफोर्निया युएसएले अमिशा र गीतालाई समान ७५ हजार रुपैयाँ प्रदान गरि सम्मान गरेको हो। सेजल आइटी क्यालिफोर्निया युएसएका अध्यक्ष शंकर केसीले नगद सहित सम्मान गरे। सो अवसरमा प्रशिक्षकद्वय किशोर […]

Success

Thank you for your time.