9 years ago
July 29, 2016
नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसाग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली प्रदर्शनलाई निहाल्दा महिला टोलीले भारत विरुद्ध उत्कृष्ट प्रदर्शन गदै मैत्रीपुर्ण सिरिजको अन्त्य गर्यो ।

नेपाली टोलीका प्रशिक्षक सुदेश कुमार रिमालले टोलीको प्रदर्शनबाट आफु सन्तुष्ट भएको बताए । उनले भने, ‘हामीले अनुभव बढाएका छौं,आगमी दिनमा टिमले अझ राम्रो खेल प्रदर्शन गर्ने छ । मैत्रीपुर्ण खेलबाट हामी सन्तुष्ट छौं । यसले हाम्रो स्तर बढाउन धेरै सहयोग गरेको छ ।’
भारती टोलीकी प्रशिक्षक बैशाली फडतरेले नेपालको स्तर बढेको बताईन् । सोचेभन्दा सुधारउन्मुख खेल नेपालले खेल्यो । पहिलो खेलमा अन्तिम सेट र आज पहिलो सेट जित्न कठिन भयो । उनले भनिन, ‘ नेपालले हरेक खेलमा सुधार गर्ने गरेको छ । तर उनीहरुको दोस्रो स्पाइकर र ब्लक त्यति गतिलो छैन । त्यसमा उनीहरुले सुधार गरे अझ राम्रो हुन सक्छ ।’
यसअघि नेपाल र भारत १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता खेलेका थिए । सागमा स्वर्ण जितेको भारतले त्यतिबेला नेपाललाई सोझो सेटमा हराएको थियो । त्यसअघि नेपाल र भारत २ वर्ष अघि नेपालमा भएको प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलमा खेलेको थिए । त्यो खेलमा पनि नेपाल सोझो सेटमा नै पराजित भएको थियो ।
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]